राजनिती

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र रत्ननगरको अध्यक्षमा पौडेल निर्वाचित

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र रत्ननगरको अध्यक्षमा पौडेल निर्वाचित

नेकपा माओवादी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र रत्ननगरको अध्यक्षमा हरि प्रसाद पौडेल निर्वाचित भएका छन। आज रत्ननगरमा भएको एक कार्यक्रमका बिच पौडेलको नेतृत्वमा ९ सदस्यिय रत्ननगर कमिटी चयन भएको हो। नव निर्वाचित अध्यक्ष पौडेलले किसानको हक हितका लागि आफ्नो सङ्गठन लागि पर्ने बताउदै सबै सङ्ग सहकार्य गरेर अघि बढ्ने बताएका छन।
Read More
जिल्ला लिग खेल्ने सौराहा युवा समाजका खेलाडीलाई विदाई

जिल्ला लिग खेल्ने सौराहा युवा समाजका खेलाडीलाई विदाई

चितवन जिल्ला लिगको तेस्रो चरणको खेल्न जान लागेका खेलाडीहरुलाई विदाई गरिएको छ। रत्ननगर नगरपालिका वडा नम्बर ६ ले एक कार्यक्रमको आयोजना गर्दै चितवन जिल्ला स्तरीय फुटबल लिग खेल्न जान लागेका सौराहा युवा समाजका खेलाडीहरुलाई आज विदाई गरेको हो । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष किरण महतो, रत्ननगर नगरपालिकाको कार्यपालिका सदस्य एवं रत्ननगर ६ का वडा सदस्य बबिता चौधरी , वडा सदस्यहरु गोपीकृष्ण बिडारि , विरेन्द्र चौधरी , र केसरिमाया सुनारले एक कार्यक्रमका बीच खेलाडीहरुलाई सुभकामना ब्यक्त गर्दै विदाई गरेको सौराहा युवा समाजका अध्यक्ष माईला घलेले जानकारी दिएका छन् ।
Read More
पिठुवा खानेपानीको निर्वाचन बिरुद्द नेपाल  कम्युनिष्ट  पार्टीको बिरोध

पिठुवा खानेपानीको निर्वाचन बिरुद्द नेपाल कम्युनिष्ट पार्टीको बिरोध

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हुने भनिएको निर्वाचन प्रक्रिया बिरुद्द नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको छ । रत्ननगर नगर कमिटिका सेक्रेटरी अर्जुन सी र इन्चार्ज सारदा सी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा हाम्रो जनप्रिय पार्टी ने.क.पा. हालसम्म भएको विभिन्न राष्ट्रघात, जनघात, भ्रष्टचार, कालो बजारी लगायत विभिन्न बेथितिको विरुद्ध सघर्ष गर्दै आइरहेको पार्टी हो । यस्तै सन्दर्भ मा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हुने भनिएको निर्वाचनमा स्थानिय उपभोक्ता र ने.क.पा. लाई बिना जानकारी केही संसदिय पार्टी (दल) हरुले निर्वाचन मिति तोक्दै, रत्ननगर भित्र रहेको अन्य सामाजिक संघ संस्थाहरुमा समेत आफ्नो मनोमानि तरिकाले…
Read More
मिलिजुली सामुदायिक वनको  साधारण सभा सम्पन्न

मिलिजुली सामुदायिक वनको साधारण सभा सम्पन्न

चितवन । मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १२औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वनका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षता एवं वागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि खनालले सबै राजनीतिक दल र समुदायले आफ्नो स्वार्थभन्दा माथि उठेर पर्यटक भित्र्याउन र वन संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले वनका सकारात्मक गतिविधिमा सके जति सहयोग गरिने प्रतिबद्धतासमेत जनाउनुभएको छ, कार्यक्रममा बोल्दै सभासद खनालले वाग्मती प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि कन्कृट वाल निर्माणको लागि बजेट विनियोजन गर्न तयार रहेको बताउदै वनका उपभोक्ताहरुको जीवन स्तर…
Read More
प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै  सिँगारिदै सौराहा

प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै सिँगारिदै सौराहा

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म साैराहाकाे मुख्य बजार नजिक फेस्टिबल हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उनले बताए । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं । सौराहा सहित चितवनको पर्यटन…
Read More
टिकाैलीमा रत्ननगर महाेत्सव सुरु, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन

टिकाैलीमा रत्ननगर महाेत्सव सुरु, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टिकाैलीचाैरमा रत्ननगर महाेत्सवकाे १२औं संस्करण विहीबारदेखि सुरु भएकाे छ । महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समाराेहका बीच उद्घाटन गरेका छन् । साे अबसरमा उनले सरकार र नीजि क्षेत्रकाे सहकार्यमा आर्थिक संकट अन्त्यकाे लागि पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र काेराेना महामारीपछि मुलुककाे आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएकाे भन्दै उनले यसकाे अन्त्यकाे लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए । मुलुकमा आर्थिक संकटकाे असर चाैतर्फी रुपमा रहेकाे छ उनले भने संकटकाे सामधानकाे लागि राज्य चनाखाे हुनुपर्छ । अध्यक्ष तिमिल्सिनाले निकुञ्जकाे संरक्षण र जिल्लाकाे पर्यटनलाईसंगसंगै अगाडि बढाउनु पर्ने…
Read More
रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे । साे महाेत्सवकाे कृषि परिसर,सांस्कृतिक घर र खगेरीमा माेटलबाेट मुख्य आकर्षण रहेकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य…
Read More
रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तिव्र, २९ गते   उद्घाटन हुने

रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तिव्र, २९ गते उद्घाटन हुने

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टाँडीमा हुने पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र पारिएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत पाैष २९ गतेदेखि माघ ४ गते सम्म साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे बसपार्ककाे खालीचाैरमा खाना महाेत्सव हुँदै छ । ३२ वटा स्टल रहने खाना महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुती रहने छ ।महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए । रत्ननगर महाेत्सव टिकाैली चाैरमा २६ गते उद्घाटन हुँदै छ । टिकाैलीमा महाेत्सव गर्दा टाँडी बजार…
Read More
सरकारमा कांग्रेसको नेतृत्व आवश्यक : कोइराला

सरकारमा कांग्रेसको नेतृत्व आवश्यक : कोइराला

भरतपुर नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अब सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । कोइरालाले देशको प्रधानमन्त्री प्रचण्ड गैरजिम्मेवार बन्दै गएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेका हुन् । अहिले कांग्रेसका मन्त्रीहरुले केही गर्न नसकेको प्रसंङ्ग उल्लेख गर्दै कोइरालाले भने - 'प्रधानमन्त्री र मुख्य सचिव बसेर निर्णय गर्छन् र त्यही सदर हुन्छ । त्यसैले अबको सरकार काङ्ग्रेसको नेतृत्वमा बन्न जरुरी छ ।’ कांग्रेसको चितवन जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देश जातीय द्वन्द्वमा जाने सम्भावना बढेकोले प्रचण्डले त्यसलाई उकास्ने काम गरेको आरोप लगाए । डाक्टर कोइरालाले भने, ‘केही समय अगाडि जातीय संस्थाको कार्यक्रममा प्रधानमन्त्रीले मलाई जिताउनोस् म जातीय राज्य…
Read More
गुल्मीका वडा अध्यक्ष घिमिरे मृत भेटिए

गुल्मीका वडा अध्यक्ष घिमिरे मृत भेटिए

मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन। घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए । वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् । शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.