सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन
रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ मैनाहा खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताए । समृद्धिको पूर्वाधार, पर्यटनको आधार' भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र…