![टि ट्वेन्टी विश्वकपलाई लक्षित गर्दै जय होस विजय होस सार्वजनिक](https://radioarpan.com.np/wp-content/uploads/2024/05/inbound1480801108456758463.jpg)
टि ट्वेन्टी विश्वकपलाई लक्षित गर्दै जय होस विजय होस सार्वजनिक
आउँदो जुन २ तारिकदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा नेपाल पनि सहभागी हुँदैछ । विश्वकपमा नेपालको पनि सहभागिता हुने भएपछि आम नेपालीमा विश्वकप नजिकिएसँगै उत्साह पनि बढ्दै गएको छ । विश्वकपलाई लक्षित गर्दै अहिले धमाधम म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टिमलाई समर्पित गर्दै 'जय होस् विजय होस्' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण प्रसाद न्यौपानेको स्वर तथा संगित रहेको उक्त म्युजिक भिडियो कालो कमिला नामक युट्युबबाट सार्वजनिक गरिएको हो । अनिल कुँवरको शब्द रहेको उक्त गीतलाई दिपक विश्वकर्माले एरेन्ज गरेका हुन् । अडियो ल्याबमा रेकेर्ड गरिएको उक्त गीतको…