प्रदेश

तमु बिद्यार्थी चितवनको अध्यक्षमा रुक्सन गुरुङ्ग चयन

तमु बिद्यार्थी चितवनको अध्यक्षमा रुक्सन गुरुङ्ग चयन

नेपाल तमु बिद्यार्थी जिल्ला कार्यसमिति चितवनको १२ औं अधिवेशन सम्पन्न भएको छ। भेलाले रुक्सन गुरुङ्गको अध्यक्षतामा २९ सदस्यीय पदाधिकारी चयन गरेको छ जसको वरिष्ठ उपाध्यक्षमा डोल्मा गुरुङ्ग, उपाध्यक्षमा बिशु गुरुङ्ग, सचिवमा आयुष गुरुङ्ग, प्रचार सचिवमा बिधा गुरुङ्ग, सह-सचिवमा टीका गुरुङ्ग, कोषाध्यक्षमा सिर्जना गुरुङ्ग र सहकोषाध्यक्षमा सिर्जना गुरुङ्ग रहेका छन। यस्तै सदस्यहरुमा सुस्मिता गुरुङ्ग, खुसी गुरुङ्ग, ममता गुरुङ्ग, अन्कित गुरुङ्ग, जेनिशा गुरुङ्ग, उत्तम गुरुङ्ग, श्रुति गुरुङ्ग, रुपेश गुरुङ्ग, ममिराज गुरुङ्ग, अमृता गुरुङ्ग, विवस गुरुङ्ग, बाहादुर गुरुङ्ग, सौगात गुरुङ्ग, बिर्ख बाहादुर गुरुङ्ग, बिराज गुरुङ्ग, सिर्जना गुरुङ्ग, समीर गुरुङ्ग, सुभास गुरुङ्ग, र अस्विन गुरुङ्ग रहेका छन। यस्तै नयाँ पदाधिकारी गठन सङ्गै भेलाले विभिन्न…
Read More
अर्पणको रक्तदानमा ९ महिला सहित ३८ जनाले दिए रगत

अर्पणको रक्तदानमा ९ महिला सहित ३८ जनाले दिए रगत

रत्ननगर ।  पूर्वी चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । अर्पण बचत तथा ऋण सहकारी संस्था लिको कारोबार सुरु गरेको १५ बर्ष पुगेको अबसरमा अर्पण बचत र रेडियो अर्पणको सयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ९ जना महिला सहित ३८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले विरामीलाई रगतको सहज उपलब्धताको लागि नगरपालिकाले रक्तसंकलन युनिट सञ्चालनमा ल्याएको बताए । नगरबासीको स्वास्थ्य सुरक्षाका लागि ५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा, रत्ननगर अस्पतालमा उपचारकोष, क्यान्सर पीडितलाई थप २५ हजार तथा बृद्धबृद्धाको घरघरमै उपचार…
Read More
शैक्षिक मेला आयोजना गर्दै गोल्डेन इमिनेन्ट

शैक्षिक मेला आयोजना गर्दै गोल्डेन इमिनेन्ट

चितवन । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा यही भदौ ४ गतेदेखि ७ गतेसम्म शैक्षिक मेला गर्न लागेको हो ।शैक्षिक मेलाका बारेमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि युनिभर्सिटीकै प्रतिनिधिसंँग…
Read More
एक्सपर्टको रक्तदान सम्पन्न, ३६ महिला सहित २२५ ले गरे रक्तदान

एक्सपर्टको रक्तदान सम्पन्न, ३६ महिला सहित २२५ ले गरे रक्तदान

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ । शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जजा महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको…
Read More
सौराहाको राप्ती नदिमा डुङ्गा संचालन टेण्डर प्रक्रिया विवादमा

सौराहाको राप्ती नदिमा डुङ्गा संचालन टेण्डर प्रक्रिया विवादमा

रत्ननगर । सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालनको लागि निकुञ्जले ठेक्का सम्झौताका लागि आह्वान गरेको टेण्डर प्रक्रिया विवादमा तानिएको छ । निकुञ्जले आह्वान गरेको आठ वटा ठेक्का सम्झौता मध्ये राप्ती नदीको सौराहाघाट देखि दुधौराघाट सम्मको ठेक्का सम्झौताको विषय विवादमा तानिएको हो । निकुञ्जले साउन २१ गते दिउसो १२ बजे सम्मको अन्तिम म्याद राखी निकालेको सुचनाको समयाबधिमा पेश भएका तीन वटा संस्थाले शिलबन्दी दरभाउपत्र पेश गरेका थिए । त्यो ठक्का नखोली निकुञ्जले एक दिनको म्याद थप गरी अर्को सुचना जारी भएपछि शिलबन्दी दरभाउपत्र पेश गरेको चौथो संस्थासंग ठेक्का सम्झौता गरेको बुझिएको छ । सौराहाका व्यवसायी त्रैलोक्य चित्रकार अध्यक्ष रहेका राप्ती जलयात्रा…
Read More
रत्ननगरमा मुसहर बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण

रत्ननगरमा मुसहर बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ७ सिसुवारमा रहेकाे राेटरी नमुना मुसहर बस्तीका बालबालिकाहरुकाे स्वास्थ्य परीक्षण गरिएकाे छ । राटरी क्लव अफ रत्ननगर, स्पाउस क्लव अफ रत्ननगर, राेट्याक्ट क्लव अफ रत्ननगरले सीमान्तकृत मुसहर बालबालिकाकाे स्वास्थ्य रक्षाकाे लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयाेजना गरेका हुन । शिविरमा ५१ जना बालबालिकाे स्वास्थ्य परीक्षण गरि निःशुल्क औ षधि समेत वितरण गरिएकाे राेटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकाेटा घिमिरेले जानकारी दिनुभएको छ। परीक्षणका क्रममा बालबालिकाहरु कुपाेषण, छालाकाे राेग, ज्वराे, कानकाे समस्या, चिलाउने, लगायतका राेगले ग्रसित रहेकाे र विशेषज्ञ डाक्टरहरुबाट उपचार गरिएकाे क्लबका एड्मिनिस्ट्रेसन चिएर रामकृष्ण दुवाडी (आर.के.) ले जानकारी दिनुभएको छ । राेटरीले…
Read More
अर्पण बचत बागमती प्रदेशकै उत्कृष्ट

अर्पण बचत बागमती प्रदेशकै उत्कृष्ट

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरस्थित अर्पण बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २२औ स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘सरकारीको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रम’ मा बाग्मती प्रदेश शाखा स्तरीय नियमित कारोबार विधामा अर्पण बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट भएको हो । उक्त सम्मानले अर्पण सहकारी संस्थालाई हौसला मिलेको संस्थाका अध्यक्ष मोहदत्त पौडेल (सुरज) ले बताए । उनले अर्पण सहकारीको नियमित कारोबारलाई अझ स्तरीय बनाउँदै लैजाने समेत प्रतिबद्धता जनाए ।
Read More
लायन्स क्लब अफ चितवन राईनो सिटि द्वारा बृक्षारोपण सम्पन्न

लायन्स क्लब अफ चितवन राईनो सिटि द्वारा बृक्षारोपण सम्पन्न

लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरको सयुक्त आयोजनामा वृक्षारोपण कार्य सम्पन्न भएको छ। पूर्वी चितवनको रत्ननगरमा रहेको क्लबले रत्ननगर ९ मा रहेको मिलिजुली सामुदायिक वनको हाता भित्र वृक्षारोपण गरेको कार्यक्रमका सभापति एवं लायन्स क्लब अफ चितवन राइनो सिटिका अध्यक्ष यमन भुसालले जानकारी दिनुभएको छ। वातावरण स्वच्छ भएमात्र मानव जीवन सहज हुने भएकाले आफुहरुले १५० भन्दा बढि विभिन्न जातजातका फलफूलको विरुवा वृक्षारोपण गरेको भुसालले बताउनुभएको छ । कार्यक्रमा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक एडिसनल ट्रेसर लायन कृष्णलाल श्रेष्ठले संरक्षणमा लायन्स सदैव लागिरहने बताउदै लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरले गरेको कार्यको मुक्तकण्ठले…
Read More
रोटरी क्लब अफ रत्ननगरको पद हस्तान्तरण

रोटरी क्लब अफ रत्ननगरको पद हस्तान्तरण

रोटरी क्लव अफ रत्ननगरको २४ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ रत्ननगरका वर्ष २०२३/२४ का अध्यक्ष हरिकुमार श्रेष्ठले रोटरी बर्ष २०२४/२५ का अध्यक्ष विरञ्जना घिमिरे सापकोटालाई शनिबार पदभार हस्तान्तरण गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनले नयाँ समितिलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो । पदस्थापन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी शेरचनले नवनिर्वाचित सबै पदाधिकारी सहित सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । रत्ननगरलाई वृक्षरोपण, मानसिक स्वाथ्य तथा रोटरीमा महिला सदस्यको सहभागीतालाई बिशेष रुपमा अघि बढाउन उहाले सुझाव दिनुभएको थियो । कार्यक्रममा बर्ष २०२३/२४ का अध्यक्ष श्रेष्ठले क्लवमा…
Read More
लायन्स क्लब अफ चितवन सौराहाको स्थानिय संघ संस्थाहरु सङ्ग अन्तरक्रिया

लायन्स क्लब अफ चितवन सौराहाको स्थानिय संघ संस्थाहरु सङ्ग अन्तरक्रिया

लायन्स क्लब अफ चितवन सौराहाले स्थानीय संघ सस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तपाई र तपाईको संस्था हामि र हाम्रो लायन्स क्लब अफ चितवन सौराहा भन्ने अवधाराणामा रहेर अन्तरक्रिया गरिएको हो । वर्ष २०२४/२०२५ मा लायन्स क्लब अफ चितवन सौराहाले पर्यटन व्यवसायको प्रवर्दन संगै वातावरण सरक्षणमा के कस्तो भूमिका निर्वाह गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहदै अहिले सम्म गरेको कार्यका बारेमा जानकारी गराईएको थियो। उपस्थित स्थानिय संघ सस्थाका प्रतिनिधिहरुले लायन्स क्लब अफ सौराहाले गरेको कार्यको प्रसंसा गर्दै यी र यस्ता कार्यक्रम र सहकार्यले सौराहाको पर्यटनलाई चलायमान गराउन महत्वपुर्ण भूमिका खेल्ने बताउदै आफुहरुको सदैव साथ् र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.