खेलकुद समाचार

जिल्ला लिग खेल्ने सौराहा युवा समाजका खेलाडीलाई विदाई

जिल्ला लिग खेल्ने सौराहा युवा समाजका खेलाडीलाई विदाई

चितवन जिल्ला लिगको तेस्रो चरणको खेल्न जान लागेका खेलाडीहरुलाई विदाई गरिएको छ। रत्ननगर नगरपालिका वडा नम्बर ६ ले एक कार्यक्रमको आयोजना गर्दै चितवन जिल्ला स्तरीय फुटबल लिग खेल्न जान लागेका सौराहा युवा समाजका खेलाडीहरुलाई आज विदाई गरेको हो । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष किरण महतो, रत्ननगर नगरपालिकाको कार्यपालिका सदस्य एवं रत्ननगर ६ का वडा सदस्य बबिता चौधरी , वडा सदस्यहरु गोपीकृष्ण बिडारि , विरेन्द्र चौधरी , र केसरिमाया सुनारले एक कार्यक्रमका बीच खेलाडीहरुलाई सुभकामना ब्यक्त गर्दै विदाई गरेको सौराहा युवा समाजका अध्यक्ष माईला घलेले जानकारी दिएका छन् ।
Read More
चितवन जिल्ला लिग खेल्न जाने खेलाडीहरुलाई विदाई

चितवन जिल्ला लिग खेल्न जाने खेलाडीहरुलाई विदाई

चितवन जिल्ला लिग खेल्न जान लागेका खेलाडीहरुलाई विदाई गरिएको छ। रत्ननगर नगरपालिकाले आज चितवन जिल्ला स्तरीय फुटबल लिग खेल्न जान लागेका सौराहा युवा समाजका खेलाडीहरुलाई आज विदाई गरेको छ। नगरपालिकामा आयोजित एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका उप प्रमुख यादव प्रसाद पाठक रत्ननगर ६ का वडा अध्यक्ष किरण महत्तो, ७ का व्डा अध्यक्ष सजना महत्तो र ८ का वडा अध्यक्ष कृष्ण चौधरीले खेलाडीहरुलाई सुभकामना ब्यक्त गर्दै विदाई गरेको हो। सौराहा युवा समाजका अध्यक्ष रण बाहादुर घले (माईला) , उपाध्यक्ष प्रदिप श्रेष्ठ खेलप्रेमी एवम चितवन तेक्वान्दो संघका सचिव शैलेश श्रेष्ठको उपस्थितिमा खेलाडीहरुलाई विदाई गरिएको हो। सौराहा युवा समाजले यश अघि सम्पन्न जिल्ला…
Read More
प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै  सिँगारिदै सौराहा

प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै सिँगारिदै सौराहा

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म साैराहाकाे मुख्य बजार नजिक फेस्टिबल हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उनले बताए । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं । सौराहा सहित चितवनको पर्यटन…
Read More
तेक्वान्दो संघ चितवनका सचिव श्रेष्ठ सम्मानित

तेक्वान्दो संघ चितवनका सचिव श्रेष्ठ सम्मानित

जिल्ला खेलकुद बिकास समिति द्वारा चितवन जिल्ला तेक्वान्दो संघका सचिव शैलेस श्रेष्ठ सम्मानित भएका छन । समितिले आज (शुक्रबार) बाट सुरु भएको १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा श्रेष्ठ सङ्गै खेल पत्रकार र खेलाडीहरुलाई सम्मान गरेको हो । समितिले तेक्वान्दो खेलको माध्यमबाट चितवनको खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको हो । विगत दुई दशक देखि खेलाडी, प्रशिक्षक हुँदै तेक्वान्दो संघको सचीवको रुपमा श्रेष्ठ कृयासिल रहेका छन। उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ईश्वर सापकोटा ‘सुमन’, खेलकुद बिकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङलगायतले सम्मान गरेका हुन् ।
Read More
चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता सौराहामा सम्पन्न

चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता सौराहामा सम्पन्न

रतननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा साेमबार चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता गरिएकाे छ । बकुलहर रत्नगर अस्पताल र विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालका चिकित्सकहरु बीच मैत्रीपूर्ण प्रतियाेगिता आयाेजना गरिएकाे हाे । प्रतियाेगिताकाे रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालकाे संयाेजनमा मैत्रीपूर्ण प्रतियाेगिता गरिएकाे हाे । रत्ननगर वडा नं ७ स्थित सिसुवार चाैरमा गरिएकाे मैत्रीपूर्ण प्रतियाेगिता विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे टिमले जितेकाे छ । विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे टिमलेले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। जवाफमा बकुलहर रत्ननगर अस्पतालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । प्रतियाेगितामा १९ रनले  विपी…
Read More
रत्न प्रिय कपको दोस्रो संस्करण सुरु, पहिलो खेलमा आयोजक टिम विजयी

रत्न प्रिय कपको दोस्रो संस्करण सुरु, पहिलो खेलमा आयोजक टिम विजयी

रत्ननगर, मंसिर २५ । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीमा सोमवार देखि दोस्रो रत्न प्रिय कप फुटवल प्रतियोगिता सुरु भएको छ । वडा नं ९ मा रहेको रत्न प्रिय क्लवले आयोजना गरेको सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेका थिए । सोमवार भएको पहिला खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ । सौराहा फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५ का बिरुद्द ४ गोलले हराउदै रत्नप्रिय क्लव विजयी भएको हो । निर्धारित समयमा दुबै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा धकेलिएको थियो । प्रतियोगितामा उत्कृष्ट गोल गरेका रत्न प्रिय क्लवका यूकेश तामाङ म्याद अफ दी म्याच…
Read More
रत्ननगरमा मंसिर १७ गतेबाट दाेस्राे मेयर कप हुँदै

रत्ननगरमा मंसिर १७ गतेबाट दाेस्राे मेयर कप हुँदै

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही मंसिर १७ गतेबाट दाेस्राेे अन्तरपालिका मेयर कप फुटवल प्रतियाेगिता हुने भएकाे छ । रत्ननगर नगरपालिका अन्तर्गतकाे रत्ननगर खेलकुद विकास समितिकाे आयाेजनामा नेपाल माविकाे खेल मैदानमा साे प्रतियाेगिता हुँदैछ । आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे तयारी र उद्देश्यका बारेमा जानकारी गराएकाे हाे । जिल्लाका सात पालिकाका सात वटा टिमकाे सहभागिता रहने साे प्रतियाेगिताकाे पुरस्कार रासी १ लाख ५१ हजार १११ रहेकाे रत्ननगर खेलकुद विकास समितिका संयाेजक कृष्ण चाैधरीले जानकारी दिए । प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे र प्रथम हुने टिमलाई १ लाख ५१ हजार १११ र दाेस्राे हुने टिमलाई १ लाख १ हजार…
Read More
तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विदाई

तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विदाई

तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विदाई गरिएको छ। थर्ड् इन्डियन ओपन अन्तरास्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ मा चितवन जिल्लाको प्रतिनिधित्व गर्दौ भाग लिन जाने खेलाडीहरुलाई आज एक कार्यक्रमको विच विदाई गरिएको हो। जिल्ला कार्य समिती सदस्य बिक्रम श्रेष्ठको नेतृत्वमा जान लागेका खेलाडीहरु रन्जन तामाङ्ग, सरिन नहर्की, सुयोग घिमिरे, प्रकाश महत्तो र हेन्सल थापा मगर रहेका छन् । नेपाल तेक्वान्दो संघमा आयोजित सुभकामना एवम विदाई कार्यक्रममा बोल्दै संघका सचिव शैलेश श्रेष्ठले खेलाडीहरुले देशको नाम राख्न सफल हुने बिश्वास ब्यक्त गर्नु भएको छ। कार्यक्रममा तेक्वान्दो संघ चितवनका जिल्ला उपाध्यक्ष प्रदिप श्रेष्ठ रत्ननगर तेक्वान्दो खेलकुद बिकास समितीमा अध्यक्ष नारन नहर्की लगायत खेलाडी तथा…
Read More
झुवानीमा फुटबल प्रतियोगिता सुरु

झुवानीमा फुटबल प्रतियोगिता सुरु

पुर्वी चितवनको रत्ननगर नगरपालिकामा दोस्रो टोल स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ। रत्ननगर नगरपालिका वडा नम्बर ५ मा रहेको झुवानी युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो। नेपालीहरुको महान पर्व विजया दशमी तथा सुभ दिपावलीको अवसरमा आयोजित फुटबल प्रतियोगितामा रत्ननगर ५ भित्र रहेका टोल सुधार समितिमा रहेका खेलाडीहरुले टिम बनाई एक आपसमा प्रतिस्पर्धा गर्नेछन। कार्यक्रमका प्रमुख अतिथी एवम रत्ननगर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंले झुवानी युवा क्लबले आयोजना गरेको कार्य तारिफयोग्य रहेको बताउदै वडाको तर्फ बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको उक्त कार्यक्रम क्लबका उपाध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।
Read More
अन्तिम ओभरमा आयरल्याण्ड संग नेपाल २ विकेटले पराजित

अन्तिम ओभरमा आयरल्याण्ड संग नेपाल २ विकेटले पराजित

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि खेलमा नेपाल पराजित भएको छ । हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले मध्यम स्कोर खडा गर्दा २ विकेटको हार व्यहोरेको हो । पहिले व्याटिङ गरेको नेपालले पछिल्लो क्रमका व्याट्स्म्यानको उत्कृष्ठ प्रदर्शनमा २६८ रन बनाएको थियो । २६९ को विजय लक्ष्य पच्छाएको आयरल्याण्डले ४ बल बाकि छदै ८ विकेट गुमाउदै लक्ष्य हासिल गर्यो । नेपालका लागी गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९ तथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.