३१ भाद्र २०७६,
चितवन ।
“ऐना” बाट मदन पुरस्कार जित्न सफल चर्चित साहित्यकार रामलाल जोशीको कथा “लोग्नेको माया” को पोस्टर सार्बजनिक गरिएको छ । कार्तिक १० गते लक्ष्मीपुजाको दिन यु-ट्युबमा सार्बजनिक हुने उक्त छोटो चलचित्रको ८० प्रतिशत शुटिंग सकिएको र बाकि शुटिंग केहि दिनमा पुरा हुने निर्माण पक्षले जनाएको छ । चलचित्र युनिटले आज एक कार्यक्रम गरि पोस्टर सार्बजनिक गरेको हो । बृद्ध उमेरको श्रीमान र जवान उमेरको श्रीमती बीचको असमझदारी लाई चलचित्रले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । छोटो चलचित्रमा रामु आचार्य, एलिना बर्देवा,टिकाराम लामिछाने, गोपाल गुरुङ, ज्योती तामांग लगाएतको अभिनय रहेको छ । ह्याप्पी मिडिया नेटवर्कको ब्यानरमा बनेको चलचित्रलाई चितवनका मदन अछामीले खिचेका हुन् भने प्रस्तुतकर्ता गोपाल गुरुङ र निर्मातामा सुयश आचार्य रहेका छन् । चलचित्रलाई सम्पादन तथा निर्देशन रामु आचार्यले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय