चेतन राई नेपाली सांगीतिक बजारमा बिगत एक दशकदेखि आगमन गरेका कुशल गायक हुन् संख्यात्मक भन्दा पनि गुणात्मक गित बजारमा ल्याउने राईले करिब ५ बर्षको अन्तरालमा स्टेप एल्बम मार्फत आउदै छन् । एल्बम केहि समय पछि बिमोचन गरिने भए पनि सो एल्बमको एउटा गित ‘मरेर के लानु छ…’ सार्बजनिक भएको छ । सूर्य रुम्बाको शब्द तथा संगीत रहेको गितमा बिजेश्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको उक्त गीतमा सरिता लामिछाने,आयान बज्राचार्य, प्रज्ञादीप राई तथा डा.सुबान्त के कुशुवाह को अभिनय रहेको छ । आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत गितको भिडियो सार्बजनिक गरिएको गायक राईले जानकारी दिए ।

स्कुले जिबन देखि नै गित गाउन सुरु गरेका राईले सन् २०१० मा आफ्नो पहिलो एल्बम ‘सेभेन’ , सन् २०१५ मा दोश्रो एल्बम ‘साउण्ड’ बजारमा ल्याईसकेका छन् भने आफ्नो तेश्रो कोशेली ‘स्टेप’ एल्बम २०२० मा ४ वटा गित समावेस गरि सार्बजनिक हुने राई बताउछन । सल्यानको खलङ्गामा जन्मिएका राई कामको सिलसिलामा सन् २०१५ देखि हाल सम्म जापान रहेका छन् । डेढ दर्जन गीतमा सुमधुर आवाज भरिसकेका गायक चेतन राईले निरन्तर सांगीतिक कोशेली बजारमा ल्याउने बताउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय