रामु आचार्य, पौष ११
चितवन : चितवनको बिकट पहाडी भूभाग इच्छाकामना गाउँपालिकाको वार्ड नम्बर १ कालिंगडांडामा आज अरुबेला भन्दा छुट्टै रौनक थियो । चर्चित गायक रमेशराज भट्टराईको उपस्थितिले त्यहाका आदिबासी तथा जनजाति समुदायमा छुट्टै रौनक देख्न सकिन्थियो । सपना भिलेज सोसियल इम्प्याक्टले संचालन गरेको हरेक कदमको सुरुवात सपनाबाट हुन्छ नामक परियोजना अन्तर्गतको पुरस्कार वितरण समारोहमा गायक भट्टराईले दर्जन बढि गित प्रस्तुत गरेका थिए । उनको पछिल्लो सिर्जना “राजा राजा भन्थी बाजा बजाएर गई” लाई अत्याधिक दर्शकले मन पराएका थिए । भट्टराईले सो गित प्रस्तुत गर्दा दर्शकको तालि संगै वान्स मोर ले इच्छाकामना गुञ्जायमान भएको थियो । गायक भट्टराईले “बबाल भो” “राखी” बेहुला बनाउछु भन्थी” लगाएत दर्जन गित प्रस्तुत गरेका थिए ।

कोभिड कहरका कारण करिब १० महिना दर्शकहरु संग स्टेजमा आमुन्ने सामुन्ने हुन नपाएकोमा आज भने दर्शक सामु साक्षात्कार हुने मौका मिलेकोमा गायक भट्टराईले खुसि व्यक्त गर्दै सम्पूर्ण दर्शकहरुलाई धन्यबाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय