भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुदा दश जनाको ज्यान गएको छ । बस र ट्रक ठोक्किँदा ठुलो दुर्घटना भएको दुर्घटनामा १५ जनाभन्दा धेरै घाइते भएका छन् ।
मरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई मुराबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रेफर गरिएको त्यहाँको प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको मुरादाबादका एसएसपी प्रभाकर चौधरी बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय