माघ १७
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३३ रनले हराउदै आर्मीले उपाधि जितेको हो ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटीड गरेको आर्मी क्लवले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ११ रन जोडेको थियो । जितको लागी दुई सय १२ रनको लक्ष्य लिएर मैदामा उत्रेको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर १७८ रन मात्र जोडेपछि आर्मी क्लव विजयी भएको हो ।
त्रिभुवन आर्मी क्लवको जितको लागी हरि चौहानले सर्वाधिक ५८ रन जोडे भने वलीड तर्फ जितेन्द मुखीया , सुुसान भारी र विक्रम सोवले समान तिन/तिन विकेट लिएर टिमलाई जित दिलाए । प्रहरी बलको एपीएफ क्लबका लागी आषिफ सेखले सर्वाधिक ६१ रन र अभिनाष वोहोराले ४ विकेट लिएपनी त्यो जितका लागी पर्याप्त भएन ।
एपीएफले पहिलो सेमिफाइनलमा अर्का विभागीय टोली नेपाल पुलिसलाई हराएर फाइनलमा पुगेको हो भने त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय