माघ २३ , काठमाण्डौ
आइपिएल क्रिकेट २०२१ का लागि नेपालवाट ८ खेलाडी दर्ता भएका छन् । क्रिकेट एसोसियसन नेपालले जारी गरेको विज्ञप्तीमा ८ खेलाडीको नाम दर्ता भएको जानकारी गराएको हो ।

दर्ता भएका खेलाडीमा सन्दिप लामिछाने , विनोद भण्डारी , करण केसी , सोमपाल कामी , कुशल मल्ल , शरद भेषावकर , अविनाश बोहोरा र दिपेन्द्र सिंह ऐरि रहेका छन् ।

आइपिएलका लागि नेपालबाट ८ खेलाडीसहित जम्मा १ हजार ९७ खेलाडी दर्ता भएका छन्। जसमा ८१४ जना भारतीय खेलाडी छन् भने २८३ जना विदेशी खेलाडी छन्। आइपिएलको अक्सन १८ फेब्रुअरीमा चेन्नईमा हुनेछ। दर्ता भएका खेलाडी मध्ये २७ जना एसोसिएट देशका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय