काठमाडौं : कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन ३ हजार ७ सय २४ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार बिहीवार एकैदिन १ लाख ३ हजार तीन सय ६ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमणबाट हालसम्म अमेरिकामा चार लाख ७५ हजारको ज्यान गइसकेको छ भने २ करोड ९० लाख ७५ हजारमा संक्रमण भेटिएको छ । त्यस्तै, ९८ लाखभन्दा बढी संक्रमित निको भइसकेका छन् । हालसम्म अमेरिकामा ६ करोड ८२ लाख ८५ हजार ५ सय ७५ खोप वितरण भइसकेको छ भने ४ करोड ६३ लाख ९० हजार २ सय ७० जनाले खोप लगाई सकेको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय