काठमाडौं, फागुन ६
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग आईपीएल २०२१ को लागि कुनै पनि टिमले खरिद गरेनन ।

४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई अक्सनमा कुनै पनि टिमले किन्न रुची देखाएनन । तीन सिजन दिल्ली क्यापिटल्समा मा रहेका सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।

संदिपलाई कुनै पनि टिमले नकिनेपछि नेपाली क्रिकेट समर्थक निरास भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय