काठमाडौं फागुन, १६
आगामी वर्ष आयोजना हुने एभरेष्ट प्रिमियर लिग ईपीएल टी २० क्रिकेटको मिति सार्वजनिक भएको छ । ईपीएल आयोजकले विज्ञप्ति जारी गर्दै चौथो संस्करणको प्रतियोगिता असोज ९ गतेदेखि २३ गतेसम्म हुने जनाएको छ ।

कोरोना महामारीले गर्दा स्थगित भएको इपीएल अहिले अवस्था सामान्य हुदै गएपछि आयोजकले मिति तय गरेको हो । ईपीएल आयोजनाका लागि नेपाल क्रिकेट संघ क्यानले पनि स्वीकृति दिएको ईपीएल आयोजकले जनाएको छ ।

कोरोना भाइरस महामारीले गर्दा गत वर्ष लिग रोकिनुअघि विश्व चर्चित खेलाडीहरु वेष्ट इण्डिजका क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, आयरल्याण्डका केभिन ओ ब्रायन जस्ता चर्चित खेलाडीहरु नेपाल आएर खेल्ने तय भएको थियो । ईपीएलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय