महेश पाण्डे
चितवन । सामाजिक कार्यको क्षेत्रमा सक्रिय रहेको सपना भिलेजले २० वटा अक्सिजन सिलिण्डर बकुलहर रत्ननगर अस्पताललाई दिने जनाएको छ । आज (सोमबार) पहिलो चरणमा ७ वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउदै संस्थाका अध्यक्ष ध्रुव गिरीले कम्तिमा पनि २० वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

गिरीले सपना भिलेज सोसियल इम्प्याक्टको कार्यक्रम अन्तर्गत पहिलो चरणमा ७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइएको र बाँकी छिट्टैनै उपलब्ध गराइने जानकारी दिए । उनले कोराना महामारीले अवस्था जुनकुनै बेला कठिन हुन सक्ने भएकाले कहीँ कतै कोही समस्यामा परेको भए सो को जानकारी दिए आफ्नो संस्थाले सहयोग गर्ने पनि बताए ।

अस्पताललाई दिइएको अक्सिजन सिलिण्डर बुझ्दै रत्ननगर नगरपालिकाका मेयर तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नारायण वनले सपना भिलेजलाई धन्यवाद ब्यक्त गरे । उनले अहिले चितवनमा अक्सिजन सिलिण्डरको भन्दा पनि अक्सिजनकोनै समस्या भएकाले त्यसको ब्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताए ।

उनले प्रदेश सरकारबाट भनेको समयमा पिसिआर मेसिन आउन नसकेकोमा दुःख ब्यक्त गर्दै धेरै दान मध्ये अक्सिजन दान हालका दिनमा महान दान भएको बताए ।

अस्पतालका बाल रोग बिशेषज्ञ डाक्टर निश्चल मास्केले अहिले अस्पतालमा १० वटा आइसोलेसन वार्ड रहेको बताए । उनले उक्त आइसोलेसन वार्डको लागि २४ सै घण्टा मेडिकल अफिसर र नर्सको पनि ब्यवस्था गरिएको जानकारी दिए । उनले अहिले दाताहरुको सहयोगबाट अस्पतालमा १ हप्तालाई पुग्ने पर्याप्त अक्सिजन मौजाद रहेको जानकारी पनि दिए ।

अस्पताल ब्यवस्थापन समितिका सदस्य देवेन्द्र कुमार श्रेष्ठले रत्ननगर अस्पताल पूर्वी चितवनकै नमुना अस्पताल भएको जानकारी दिदै अबको केहि महिनामा अस्पतालमा आइसियु तथा भेन्टिलेटरको पनि ब्यवस्था हुने जानकारी दिए ।

पत्रकार महासंघ चितवका कोषाध्यक्ष राजेन्द्र आचार्यले बकुहर अस्पताल र अन्य मेडिकलको नाम एउटै हुदा केहि समस्या भएकाले अस्पतालको नाम बकुलहर रत्ननगर अस्पतालबाट परिवर्तन गरेर र रत्ननगर अस्पताल मात्र राख्नुपर्ने सुझाव दिए ।

आफुले अस्पताललाई १०० वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गर्न सके समस्या समाधान हुने भन्ने सुनेकाले त्यसको लागि पहल भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय