रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रत्ननगर नगरपालिका वडा नम्बर ९ मा वडा कमिटि गठन भएको छ । वडा नम्बर ९ को मोहना माविमा भएको भेलाले नन्दु रेग्मीको अध्यक्षतामा २९ सदस्यीय नेकपा माओवादी केन्द्र वडा  कमिटि गठन गरेको हो । नवगठित वडा कमिटिको सचिवमा विष्णु प्रसाद पोखरेल रहनेगरी २९ सदस्यीय वडा कमिति गठन भएको छ ।

बुद्धिमान बि.क.को अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि पार्टी जिल्ला सचिवालय सदस्य एवं रत्ननगरमा नगर ईन्चार्ज राजु अम्गाइ (सुबोध) , विशिष्ट अतिथि जिल्ला सचिवालय सदस्यक बिष्णु पौडेल, वडा ईन्चार्ज मेघनाथ पौडेल , नगर कार्यालय सचिव जिवनलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय