विकास पौडेल
रत्ननगर । पर्यटन प्रवद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति चितवन सौराहाको आयोजनामा वागमती प्रदेश , प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक माथि चितवनका सरोकारवालाहरु बिच शुक्रबार चितवनको सौराहामा अन्तरक्रिया गरिएको छ ।

चितवनको सौराहामा पर्यटन व्यवसायीहरुको उपस्थितिमा उद्योग पर्यटन तथा वातावरण समितिको सभापति माननीय रमा आले मगरको उपस्थितिमा अन्तरक्रिया गरिएको थियो ।

उक्त अन्तरक्रियामा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्यहरु,प्रदेश सभा सदस्य, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, राजनैतिक दलका प्रतिनिधि, संरक्षणकर्मी, सामुदायिक वनका प्रतिनिधिहरु, चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि, पर्यटन प्रवद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा पर्यटन प्रवद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष टिका प्रसाद कडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । भने सचिव राममणि खनालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय