तिमीले अन्याय देखेनौ किनकी तिमीले तिम्रो परिवारको प्रिय सदस्य गुमाएका छैनौ।सायद जयसिंह धामीको ठाउँमा तिम्रो सन्तान हुन्थ्यो भने महसुस गर्दथ्यौ, देश दुखेको पिढा।दु;खका सयौं जङ्घार तर्दै तिम्रो नजरमा मूल्यहिन जिवन बाँच्नुको अर्थ।नेपाली आमाका सन्तानहरु किन यति सस्ताछन,मित्रताको खोल ओडेको छिमेकीको लागि।दोस परचक्रिलाई दिनु अघि आफैतिर फर्केर सोच्नु पर्दछ कि।भुगोलमा सानो र ठुलो भए पनि समान हैसियत बोकेका दुई मित्रहरुका बिचमा हुनुपर्ने सम्बन्ध हाम्रो कुटनैतिक अक्षमता र वौदिक दरिद्रताले स्थापित गर्न सकेनौँ कि?परिणाम हामीले सानोभाई बन्नुपर्ने,हेपिनुपर्ने,अपमानित हुनुपर्ने र हाम्रो स्वाभिमान र आत्मा सम्मान माथि पटक-पटक उसले खेलाँची गरेको दृश्य निरिह बनि टुलु-टुलु हेरेर बस्नु पर्ने।कहिले खुल्छन हाम्रा आँखा।

    विकट ठाऊँ जिवन कठिन छ।जती सङ्घर्ष गरे पनि छाक टार्न मुश्किल छ किनकी त्यहाँको भौगोलिक वनावट नै त्यस्तै छ।रोग,भोक र गरिवी संग जुध्दा जुध्दै कयौँ पुस्ता विते थाहा छैन अझै कयौँले यो दु;खान्त नियती भोग्नुपर्ने हो।शासकहरुको अकर्मण्यताले गर्दा विकासको घामबाट वञ्चित यो ठाऊँ आफ्नैहरुबाट हेपियको छ।जयसिंह धामी प्रतिनिधी पात्र मात्र हुन,यहाँ गर्भमा लुकेका सयौँ दर्दनाक कथाहरुछन।पराईले त हेप्यो-हेप्यो आफ्नैले पनि न्याएका लागि आवाज नउठाइएका घट्नाहरु जो सम्झेर ल्याउँदा चसक्क हुन्छ।

    गरिवीबाट माथि उठौँला,आमा अनि श्रीमतीको च्यातिएको सारी फेरौँला,छोराछोरीलाई राम्रो शिक्षा दिउला भन्ने मिठो सपना बोकेर बैदेशिक रोजगारिमा हिंडेका धामी छिमेकीको अमानवीय व्यहारका कारण महाकालीमा अस्ताए।शासकहरुको नजरमा भोट बैंकमा एउटा भोट घट्यो तर परिवारमा दु;खको वज्र प्रहार भयो।आमाको कोख रित्तियो,श्रीमतीको सिऊँदो पुछियो र छोरा छोरी टुहुरा भए। एकै निमेषमा खरानी बन्यो अल्ली अघी देखेको मिठो सपना।हाम्रो स्वाभिमान माथिको नाङ्गो प्रहारले आत्म सम्मान क्षेतविक्षेत बन्न पुग्यो।बाँच्न पाउने मानवअधिकार लुटिँदा नशासकलाई दु;ख्यो,न मेची-महाकाली कसैलाई दुख्यो यसैबाट अनुमान लगाउन सकिन्छ, हामी गोठाला त्यो पनि विदेसीबाट शासितछौं।महाकालिले धामी निल्यो छिमेकीले हाम्रो स्वाभिमान,आत्मसम्मान निल्यो।अब हामी संग गर्भ गर्न लायक केनै बाँकी छ।

   गरिव हुनु अपराध होइन तर शासकहरुले हरकोणबाट हामीलाई अपराधीको झैं व्यवहार गरे,गुनासो यसैमा हो।देश एउटै,पहिचान एउटै तर विभेद किन यति धेरै तिम्रो र हाम्रो बिचमा।तिमीलाई दु;ख्छ,तिम्रो स्वाभिमान प्यारो के हामिलाई दु;ख्दैन,हाम्रो स्वाभिमान छैन।शासक हो यो चेत खुल्छ कैले।तब मात्र नेपाल र नेपालीको शिर ठाडो हुन्छ,विश्व मान चित्रमा।अन्यथा धामी नियतीको श्रृँखला रोकिने वाला छैन,तिमीले दिने भनेको दश लाखले तिमी कम्जोर छौ भन्ने पुष्टि गर्छ।,धामी र उनको परिवारलाई न्याय मिल्दैन।घट्ना यतिमा नै सामसुम पारे,देश र जनता प्रतिको तिम्रो बेइमानी छर्लङ्ग हुनेछ।

      धामि घट्नालाई हल्का रुपमा लिए निकट भविष्यमा हामी  माथि सङ्कट मडारिएर आउने निश्चित छ।सरकार, यसको प्रतिवाद गरोस भन्ने हामी चाहान्छौं किनकी यो राष्ट्रियता संग जोडिएको विषय हो।छिमेकीबाट आफ्नो नागरिक हेपिएको विषय हो।त्यसैले यो संवेदनशिल छ र समाधान पनि त्यहि ढङ्गले खोज्नुपर्दछ।अर्कोतिर नेपाली समाजको वास्तविकताको यसले प्रतिनिधित्व गर्दछ।मौलाउँदै गएको भ्रष्टाचार र कुशासनले देश जर्जर बनिसकेको ,गरिवी र वेरोजगारिले नागरिक बाध्य भएर सुरक्षित भविष्यको खोजीमा  भौँतारिएको जसकाकारण अर्काका देशमा दोस्रो दर्जाका नागरिक भएर अपमान र तिरस्कारको जाँतोमा पिधिनु परेको व्यथायुक्त वास्तविकताको चित्रण यसले गरि रहेको छैन  र ?

    अन्त्यमा,धामीलाई न्याय मिलोस।उनको देहमुक्त आत्माले शान्तिकासाथ स्वर्गमा बास पाओस।भावपूर्ण श्रध्दाञ्जली व्यक्त गर्दछु।एकता र सहकार्यको संस्कृति विकास गरौं,आफू बलियो बनौं र एक-एक अपमानको बदला विकास र प्रगतिको बाटोबाट दिने अठोट गरौँ।यसैमा सबैको कल्याण छ र नेपाल आमा पनि खुशी हुनेछिन।

लेखक : ऋषि प्रसाद खनाल
रत्ननगर–६, बछौली ,चितवन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय