रत्ननगर । लायन्स क्लव अफ रत्ननगर र लियो क्लव अफ राइनो रत्ननगर रत्ननगरले सयुक्त रुपमा देवघाटका बृद्धबृद्धाहरुलाई भोजन गराएका छन् ।

लायन्स क्लवमा अध्यक्ष गोविन्द कृष्ण श्रेष्ठका पिता मंगलकृष्ण श्रेष्ठको स्मृति दिवसका अबसरमा समाज कल्याण केन्द्रमा आश्रित रहेका ४५ जना बृद्धबृद्धाहरुलाई भोजन गराइएको क्लवका सचिव विकास पुरीले जानकारी दिए ।

लायन्स क्लवका निर्वतमान अध्यक्षहरु शिव पुरी,दीपक प्रसाद बास्तोला,शिवलाल श्रेष्ठ,बुद्धराम जोशी,लियो क्लवका अध्यक्ष मुनाल भट्ट,निर्वतमान अध्यक्ष दीपक काप्री लगायतले आश्रममै पुगेर बृद्धबृद्धाहरुलाई भोजन गराएका थिए । कार्यक्रममा लायन्स क्लवका पदाधिकारी तथा सदस्यहरु,लियो क्लवका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय