रत्ननगर । रत्ननगर नगरपालिका ६ मा रहेको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभामा आईतबार चितवनको सौराहामा सम्पन्न भएको छ ।

संस्थाले एक बर्षमा करिब ५३ लाख रुपैया मुनाफा गर्न सफल भएका कोषाध्यक्ष देवकी अधिकारी रिमालल वताइन । कोरोना महामारीका बीचमा पनि संस्थाले आर्थिक बर्ष २०७७/७८ मा २ करोड ५३ लाख ४८ हजार आम्दानी गरिएकामा २ करोड ६ लाख २ हजार खर्च कटाएर ५२ लाख ८५ हजार ८८२ रुपैया मुनाफा भएको उनले वताइन ।

वि.सं.२०५५ सालमा स्थापना भएको सो सहकारीको कुल पुँजी २६ करोड २० लाख,ऋण लगानी २१ करोड ५० लाख रहेको छ । सो सहकारीले महिलाहरुलाई उद्यमी बनाउन महिला उद्यमी कर्जा शिर्षकमा २ लाख देखि ५ लाख सम्म विना घितो ऋण लगानी गर्दै सहकारीले अहिले सम्म ३ करोड लगानी गरेको संस्थाकी व्यवस्थापक शारदा विडारीले जानकारी दिइन ।

चालु आर्थिक बर्षमा सो सहकारीले कुल पूँजी ३२ करोड ८४ लाख ९ हजार,शेयर सदस्य ३ हजार ७०० र वालबचत कर्ता एक हजार ५०० पु¥याउने लक्ष्य लिएको संस्थाकी अध्यक्ष वविता चौधरीले वताईन ।

कार्यक्रममा एसईईमा उत्तिर्ण हुने ३० जना वालबचतकर्ता, असल बचतकर्ता तथा असल ऋणी १६ जना, उत्कृष्ट बाल बचत कर्ता ११ जना , जेष्ठ शेयर सदस्य तर्फ २ जना, उत्कृष्ट कारोबार गर्ने ३ जान, एकल महिला २ जना, उत्कृष्ट कर्मचारीको तर्फबाट निन्धा चौधरीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । त्यस्तै सहकारीले संचालक समिति तर्फबाट कोषाध्यक्ष देबकी अधिकारी रिमाल र ऋण उपसमिति तर्फबाट मान कुमारी पाण्डेलाई सम्मान गरेको थियो ।

२३ औं बार्षिक साधारण सभामा रत्ननगर ६ का वडाध्यक्ष बलराम दाहाल प्रमुख अतिथि रहनु भएको थियो । सभामा जनप्रगति सहकारी संस्थाका अध्यक्ष निलकण्ठ रिजाल,झुवानी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्री आचार्य,संस्थाकी उपाध्यक्ष भागीरथी घिमिरे लगायतले वोल्नु भएको थियो । संस्थाकी अध्यक्ष वविता चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय