रत्ननगर । चितवनको कालिका नगरपालिकाको क्लब चोकमा रोदिज्ञा स्पोर्टस एण्ड स्टेशनरी नया व्यवस्थापनको साथ संचालनमा आएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान विराज महर्जनको प्रमुख आतिथ्यतामा शनिबार एक समारोहका बिच रोदिज्ञा स्पोर्टसले आफ्नो सेवा सुभारम्भ गरेको छ । महर्जनले रोदिज्ञा स्पोर्टस संचालनमा आएकोमा खुसी ब्यक्त गर्दै संचालकलाई सबैले साथ र सहयोग गर्नुपर्ने वताए । उद्धघाटन समारोहमा उनले खेल क्षेत्रको विकासको लागि स्पोर्टसले योगदान गर्ने विश्वास ब्यक्त गर्दै ब्यवसायिक सफलताको कामना व्यक्त गर्नु भएको थियो । ।

रोदिज्ञा स्पोर्टस एण्ड स्टेशनरीमा फुटबल, क्रिकेट, व्याटमिन्टन खेलका सामग्री, स्पोर्टस वेयर र जिमका सामग्री लगायत खेलकुद संग सम्बन्धित अन्य सामग्री साथै स्टेशनरीहरु पनि स्पोर्टसमा उपलब्ध रहेको संचालक दिवश मगरले बताए ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधी, ,समाजसेवी ,विभिन्न संघ संस्थाका प्रतिनिधी, खेलाडी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय