बिन्दु रानाभाट घिमिरेको “टुहुरी माइती बिनाको तीज” को भिडियो सार्वजनिक

चितवन । इभेन्ट फिल्मस स्टुडियोको प्रस्तुतीमा बिन्दु रानाभाट घिमिरेको तीज गीत “टुहुरी माइती बिनाको तीज” को भिडियो सार्वजनिकू भएको छ । नेपाली मौलिक तीज गीतहरु मौलिकताबाट पर गइरहेको अवस्थामा आएको उक्त गीतमा गायिका बिन्दु रानाभाट घिमिरे र गायक सरोज बिरही कार्कीको आवाज रहेको छ ।

गायिका बिन्दु रानाभाट घिमिरे, अर्चना मिश्र , केशव घिमिरे र केविसा घिमिरेले अभिनय गरेको भिडियोमा एउटा नारीको बास्तविक पिडालाई यथार्थ चित्रण गरिएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ ।

टुहुरी माइती बिनाको तीजू को भिडियो राजिव बस्नेतले छायांकन गरिएको सो गीतको भिडियोमा सरोज बिरही कार्कीको निर्देशन रहेको छ । गीतमा शब्द सरोज बिरही कार्की , एरेन्जर गेम थापा मगर, मिक्सिङ अर्जुन बिरही, निखिल पराजुलीको ड्रोन अपरेटिङ साथै बिष्णु सेवाको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस