चितवन चनौली शीत भण्डारको अध्यक्षमा सुर्यमणि पौडेल

चनौली । चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुर्यमणि पौडेल निर्वाचित भएका छन ।
शनिवार सम्पन्न सस्थाको ८ औँ बार्षिक साधारणसभा एवम् तेस्रो अधिबेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यिय समिती निर्वाचन गरेको हो ।
सस्थाको उपाध्यक्षमा पुरूषोत मकमल ढकाल सचिव भानुभक्त कडेल कोषाध्यक्ष भुदेवी वराल सहसचिव मित्रवन्धु चाँपागाइ र सदस्यहरूमा जगनाथ कंडेल, श्रीप्रसाद कोइराला,धुर्वराम मिश्र,मिना सुवेदी,मेनका रायमाझी र पुर्णबाहादुर गुरूङ रहेका छन ।
यस्तै अधिबेशनले चन्द्रकान्त भट्टरार्इ संयोजक रहेको तिन सदस्यिय लेखा समिती निर्वाचित गरेको छ जस्को सदस्यहरूमा मिना गुरूङ र सुजन कोइराला रहेका छन ।
यहि पौष २२ गते बाट सुरु भएको बार्षिक साधारणसभा एबम् अधिबेसनको शनिबार पौष २५ गते कार्य समिति निर्वाचन गरेर सम्पन्न भएको हो । निर्वाचन कार्यक्रम सम्पन्न् गर्नको लागी शालिकराम पौडेल संयोजक चकप्रसाद शर्मा र हरीकला सुवेदी सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । समापनको अवसरमा निर्वाचित नया कार्य समिती तथा लेखा समितीका सदस्यहरूलाइ निर्वाचन मण्डलका संयोजक शालिकराम पौडेल शपथग्रहण गराएका थिए ।
साधारण सभामा संस्थाको आव २०७६ र ०७७ को आर्थिक प्रतिवेदन संस्थाका निवर्तमान प्रवन्धकिय सचिव सूर्यमणी पौडेलले पेस गरेका थिय ।
भरतपुर महानगरपालिका वडा नं १८ चनौलीमा सार्वजनिक नीजि साझेदारी मोडल अनुसार शीत भण्डार ९कोल्ड स्टोर०को निर्माण अन्तिम चरणमा पुगेको छ ।
संस्थाले १५ करोडको लगानीमा खाद्यान्न तथा तरकालीको शीतभण्डारको लागि २५०० मेट्रिक टन क्षमता भएको शीतभण्डार छिट्टै निमार्ण गर्ने र कृषकले उत्पादन गरेको खाद्य सामग्री संरक्षण र भण्डारण गरी उचित मूल्य प्रदान गर्न भण्डार निर्माण गर्ने र शीत भण्डारमा कृषि जन्यउत्पादन ,दुग्ध जन्य पदार्थ र मासु जन्य पदार्थकोको सुरक्षित भण्डारण गरिनेछ ।यसको लागि अत्याधुनिक लिफ्ट सहितको ५ तल्लाको भवन तयारी सम्पन्न गर्न लागिएको अध्यक्ष पौडेलले बताए । शीतभण्डारमा नेपाल सरकारको ५० प्रतिशत अनुदान रहने छ भने मध्य क्षेत्रका २३ जिल्ला समेट्ने चनौली शीत भण्डारमा सर्वसाधारणको समेत शेयर छ ।
चितवन चनौली शीतभण्डार सहकारी संस्थाका निर्वतमान अध्यक्ष तीर्थराज रेग्मीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस