
चितवन : प्रधानमन्त्री केपी ओलीको राजनैतिक कदम विरुद्द देशभर प्रदर्शन जारि छ। यसै बीच चितवनमा पनि प्रधानमन्त्रीविरुद्ध बयलगाडा कुदाइएको छ । नेकपाको विद्यार्थी संगठन अन्तर्गत प्रचण्ड-नेपाल पक्षका विद्यार्थीको आयोजनामा गरिएको विरोधसभामा ओलीको विरोध गर्दै बयलगाडा कुदाइएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै प्रचण्ड-नेपाल पक्षका विद्यार्थीले बयलगाडासहित विरोध प्रदर्शन गरेका हुन्। ।
गणतन्त्र स्थापनामा ओलीको कुनै योगदान नरहेको भन्दै प्रदर्शन गरिएको हो।