विभिन्न पार्टी परित्याग गरि २०१ जना समाजबादी पार्टीमा प्रवेश

चितवन। समाजबादी युवा संघ जिल्ला कार्यसमिति चितवनले रत्ननगरमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस र नेकपा परित्याग गरी २०१ जना युवा समाजबादी पार्टीमा प्रवेश गरेका हुन ।

प्रदेश नं २ का कृषि राज्य मन्त्री तथा समाजबादी युवा संघका केन्द्रीय अध्यक्ष योगेन्द्रराय यादब,पार्टीका जिल्ला इन्चार्ज रमेश रेग्मी र पार्टी अध्यक्ष प्रेम भूजेलले टीका र खादा लगाएर युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए ।समाजवादी युवा संघ,चितवन द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम को प्रमुख अतिथि प्रदेश नं २ को भुमि ब्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री मा.योगेन्द्र राय यादव, बिशिष्ट अतिथि जसपा केन्द्रीय सदस्य फिरोज मंसूर, जसपा जि.अ.प्रेम भुजेल,जसपा जिला सह ईन्चार्ज अजय निराला,युवा केंद्रीय सदस्य ललन ठाकुर लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम युवाका चितवन अध्यक्ष प्रदीप रेग्मी को अध्यक्षतामा कार्यक्रम समपन्न भएकाे थियाे ।भने अध्यक्ष रेग्मीले युवाहरुलाई समाजबादीमा गोलबन्ध  हुन समेत अाग्रह गर्नु भएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस