माडीको देबेन्द्रपुरमा रहेको शिवालय मन्दिरमा आजदेखि श्री स्वस्थानी ब्रत कथा बाचन गरिने

चितवन । माडी नगरपालिका – ७ स्थित देबेन्द्रपुरमा रहेको शिवालय मन्दिरमा आजदेखि एक महिनासम्म श्री स्वस्थानी ब्रत कथा बाचन गरिने भएको छ । मन्दिर ब्यबस्थापन समितिका सदस्य टोयानाथ काफ्लेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । जसमा अध्यक्ष टुक प्रसाद गौडेल रहेका छन । यसैगरी उपाध्यक्षमा : महेन्द्र सुबेदी सचिबमा : प्रकाश खनाल सह – कोषाध्यक्षमा : बिजय काफ्ले कोषाध्यक्षमा : नारायण प्रसाद काफ्ले रहेका छन ।

यसैगरी सदस्यहरुमा क्रमशः शेषकान्त पौडेल, हरि प्रसाद काफ्ले, गणेश भुजेल, साबित्री काफ्ले, सुबास लामिछाने, कमल खनाल, टिकाराम सुबेदी, सरस्वती काफ्ले, टोयानाथ काफ्ले, शोभा पोख्रेल, कपिलमणि सुबेदी, र सुदर्शन सुबेदी गरी २० जनाको सदस्य रहनेगरी नयाँ समिती निर्माण गरिएको हो । यसैगरी सो कथा बाचन बेलुका साँझ ७ बजेबाट सुरु हुनेछ । कथा बाचन युवा पण्डित सुदर्शन सुबेदीले गर्ने मन्दिर ब्यबस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस