प्रतिद्वन्द्वी समुहका अध्यक्ष ब्यवसायी नै नभएकोले आफ्नो प्यानल नै विजयी हुने लोकतान्त्रिक समुहको दावी

चितवन । चितवनको खैरहनी पर्सा स्थित उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन नजिकिदै गर्दा चुनावी माहोल तातेको छ ।

नेकपा र नेपाली कांग्रेस निकट उद्योगी व्यवसायीहरुले प्यानल वनाएर दुई समुहमा चुनावी माहोलमा होमिएका छन् । दुई समुह विच एक अर्कामा आफ्नो जित भैसकेको र घोषणा हुन मात्रै वाँकी रहेको दावी गर्दै आएका छन ।

यसै विच नेपाली कांग्रेस निकट उद्योगी व्यवसायीहरुकोे तर्फवाट शुक्रवार पत्रकार सम्मेलन मार्फत आफ्ना योजना र उमद्देवारीको वारेमा जानकारी गराईएको थियो । कांग्रेस निकट उद्योगी व्यवसायीहरुको समुहवाट अध्यक्ष पदका उमेद्दवार दिपेन श्रेष्ठले आफ्नो प्रतिद्वन्दी उधोगी ब्यवसायी नै नभै ब्यवसायमा सम्लग्न नै नरहेको र आफ्नो पुर्ण उम्मेदवार नै किटान नगरेको साथै नेपाली कांग्रेस निकट उद्योगी व्यवसायीहरुको प्यानलका उम्मेदवारहरु भिन्न ब्यवसायिक क्षेत्रका कृयासिल व्यवासयी भएकाले जित सुनिश्चित भएको दावी गर्नु भएको छ ।

यस अघि नै लोकतान्त्रिक समुहका सिवराज उप्रेती निर्विरोध भैसकेका छन। काङ्ग्रेस निकट लोकतान्त्रिक समुहबाट बाणिज्य तर्फको सदस्यहरुमा कुमार खनाल, बिनोद अर्याल, बिक्रम खड्का, केदारनाथ बर्तौला, अनिल श्रेष्ठ, प्रशान्त अधिकारी, रामेश्वर प्रसाद चौधरी, रामचन्द्र बिश्वकर्मा र क्षेत्र बाहादुर रावल रहेका छन् भने उधोग तर्फ किरण बुर्लाकोटी, अनुप अधिकारी, शंकर कंडेल, कृष्ण बहादुर श्रेष्ठ, जगत बहादुर पाण्डे र बिक्रम चौधरी रहेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस