चितवन, पुस १७ । दलित समुदायले पछिल्लो समयमा झेलेको कोटा र कोठाको समस्यामा राज्य मौन भएको केन्द्रिय सांसद निरुदेवी जैरुले बताएकी छन् । सौराहामा आज नेपाल दलित महिला उत्थान संघ (एड्वान) को २२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा आएकी जैरुको समाजले सतही रुपमा चलाएको पानि चल्ने र नचल्ने जातलाई अन्त्य गर्नुपर्नेमा जोड थियो । देशका समग्र दलित महिलाको प्रतिनिधित्व आफुले गरिरहदा छुवाछुत जस्ता रुढिवादी परम्पराले अन्तराष्ट्रिय स्तरमा नेपालको शिर झुकाएको उनको कथन थियो ।

संघले दलित समुदायमा जिविकोपार्जनका विविध कार्यक्रम, तालिम, कोष निर्माण तथा योजनाहरुमा आफुलाई केन्द्रित गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्नका लागी विविध भावी नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिका वार्ड नम्वर ९ कि सदस्य मन कुमारी विक, सदस्य रिता विक, गीता परियार, राम नेपाली लगाएतले आफ्नो मन्तव्य राखेका थिए । संघका सचिव तिर्थ विकले स्वागत मन्तव्य राखेको कार्यक्रम संघकी अध्यक्ष पम्फा परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर