काठमाडौं, पुस १८ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार मनोनयन हुनेगरि जारी कार्यतालिका स्थगन भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो ।

निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ । यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची ३ बजेर ४० मिनेटमा प्रकाशित हुनेछ ।

निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन पौने ५ बजे हुनेछ । यस्तै साँझ ६ बजेर २५ मिनेट राति १० बजेर २५ मिनेटसम्म मतदान हुनेछ ।

कुन समूहमा कति निर्वाचित ?

माओवादी केन्द्रको कूल २९९ केन्द्रीय कमिटीमा १४५ जना खुल्लाबाट निर्वाचित हुनेछन् । अन्य समानुपातिक रुपमा समावेशी समूहका आधारमा निर्वाचित हुनेछन् ।

जसअनुसार समानुपातिकमा खसआर्यबाट ४५ जना निर्वाचित हुनेछन् । जसमा पुरुष १२, युवा पुरुष २, महिला २४ र महिला युवा ६ जना निर्वाचित हुनेछन् ।

यस्तै, दलिततर्फ २२ जना निर्वाचित हुनेछन् । जसमा पुरुष ६ जना, युवा पुरुष १, महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन् ।

यस्तै, मुस्लिम समूहबाट ७ जना निर्वाचित हुनेछन् । यस्तै, मधेशी समूहबाट २३ जना निर्वाचित हुनेछन् । आदिवासी जनजातितर्फ ४३ जना र थारुतर्फ १० जना निर्वाचित हुनेछन् ।

अपाङ्गता भएका व्यक्तिको समूहबाट २ र पिछडिएको क्षेत्रबाट महिला र पुरुष गरी २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर