पुस १८ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत वाट्फोर्डविरुद्ध टोटेनहमले १–० को कठिन जित निकालेको छ । गएराति वाट्फोर्डको मैदानमा भएको खेलमा टोटेनहमको जितमा डेभिनसन सान्चेजको गोल नै निर्णायक सावित भयो ।

उनले खेलको इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेका थिए । यो जितसँगै १८ खेलमा ३३ अंक जोडेको अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।वाट्फोर्ड १४ अंकका साथ १७ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर