इटहरी, पुस १९ । सुनसरीको इटहरी उप-महानगरपालिका-२० बाट ७२ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २४ वर्षीय विक्रम राई र ३३ वर्षीय संजिव राईलाई पक्राउ गरिएको हो ।

आइतबार राति साढे १२ बजे कोशी राजमार्गको तरहरा चोकमा प्रदेश १-०२-०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा प्रहरी चौकी तरहराको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेका दुई जनाले झोला फाली भागेको प्रहरीले बताएको छ । उनीहरूलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गाँजासहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय इटहरीबाट राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर