काठमाडौँ, पुस १९ । सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनको भागबण्डा मिलेको छ । सोमबार बसेको गठबन्धन बैठकले भागबण्डा टुंग्याएको हो ।  जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलका अनुसार खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको छ । एमालेको खाली आठ सिटमा भने गठबन्धनबीच भागबण्डा भएको पौडेलले जानकारी दिइन् । जसमा कांग्रेसले तीन सिट, जसपाले दुई सिट, नेकपा माओवादी र नेकपा (एस)ले एक/एक सिट लिने सहमति बनेको उनको भनाइ छ ।

आगामी फागुनदेखि चारवर्षे कार्यकाल पुरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

कांग्रेसले ६ सिटमा प्रतिस्पर्धा गर्ने छ भने माओवादी र नेकपा एसले पाँच/पाँच सिटमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । २० मध्ये १९ जना निर्वाचनबाट चुनिएर आउने छन् भने एक जनालाई मनोनीत गरिनेछ ।

यी हुन् फागुनदेखि चारवर्षे कार्यकाल पूरा हुने २० सांसद

 

प्रतिक्रिया

सम्बन्धित खवर