काठमाडौँ, पुस १९ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बैठक आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन।

यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर