पुस १९ । पाकिस्तानका अलराउन्डर मोहम्मद हाफिजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

हाफिजले सोमबार १८ वर्षीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । यद्दपी हाफिज फ्रेन्चाईज टी-ट्वान्टी क्रिकेटमा भने उपलब्ध हुने छन् ।

हाफिजले २००३ मा जिम्बावेविरुद्धको खेलबाट एकदिवसीयमा डेब्यु गरेका थिए । उनले अन्तिम पटक टी-ट्वान्टी विश्वकपमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । हाफिजले पाकिस्तानका लागि ५५ टेस्ट २ सय १८ एकदिवसीय र १ सय १९ टी-ट्वान्टी खेलेका छन् ।

जसमा १२ हजार ७८० रन जोड्दा २ सय ५३ विकेट लिएका छन् ।  उनले टेस्टबाट २०१८ मा सन्यास घोषणा गरेका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर