काठमाडौं, पुस २० । राष्ट्रियसभाको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । १९ सिटका लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले बताएको छ ।

माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज सबै निर्वाचन अधिकृतहरुको कार्यालयमा उत्साहजनक रुपमा उम्मेदवारको मनोनयपत्र दर्ता भएको छ । प्राप्त विवरण अनुसार देहाय बमोजिम ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

भोलि २१ उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको निर्वाचन तालिका छ ।

राष्ट्रियसभा निर्वाचनका लागि एमाले एक्लै छ भने सत्तारुढ ५ दलको गठबन्धन बनेको छ । अधिकांश सिटमा गठबन्धनले नै जित्ने निश्चित जस्तै छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर