काठमाडौं, पुस २३ । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज (शुक्रबार) सार्वजनिक हुँदैछ ।

निर्वाचन आयोगले दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिए।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । निर्वाचनमा १९ रिक्त पदका लागि विभिन्न राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पौडेलका अनुसार भोलिसम्म उम्मेदवारले नाम फिर्ता गर्न पाउनेछन् ।

आयोगले पुस २५ गते अन्तिम नामावली प्रकाशन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर