पुस २३ । मोहमद रिजवानले पीसीबी मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर अवार्ड प्राप्त गरेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डको अवार्डमा रिजवान मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर घोषित भएका हुन् । रिजवानले बाबर आजम, शहिन शाह अफ्रिदी र हसन अलीलाई पछि पार्दै यस अवार्ड जितेका हुन् ।

रिजवानले टी-ट्वान्टी आई क्रिकेटर अफ दि इयर अवार्ड समेत हात पारे ।

बाबर आजमले ओडीआई क्रिकेटर अफ दी इयर अवार्ड जिते । इम्प्याक्टफूल क्रिकेटर अफ दि इयर शहिन शाह अफ्रिदीले प्राप्त गर्दा इमर्जिङ क्रिकेटर अफ दि इयर मोहमद वासिमले पाए ।

टेस्ट क्रिकेटर अफ दि इयर अवार्ड हसन अलीले जिते । महिला क्रिकेटर अफ दि इयर अवार्ड निदा डारले जितिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर