मनोरञ्जन

अभिनेता शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत बाहिर प्रदर्शन

अभिनेता शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत बाहिर प्रदर्शन

बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर हुनुभएका अभिनेता पल शाह (पूर्णविक्रम)लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ । न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले आज शुक्रबार उच्च अदालत पोखरामा एकघण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । उच्च अदालतले यौन दुव्र्यवहारलाई सामन्यिकरण गरेको भन्दै उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुवती भेला भएर प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने ?’ ‘पोलेर बोलेको’, ‘बलत्कारलाई प्रवद्र्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको पम्पलेट बोकेका थिए ।…
Read More
अभिनेता पल शाह थुनामुक्त

अभिनेता पल शाह थुनामुक्त

नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहनुभएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा हुनुभएको छ । नाबालिग बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात् फागनु १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गर्नुभएका शाह हिजो उच्च अदालत पोखराबाट सफाइ पाएपछि तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर आज फागनु १५ गते नै थुनामुक्त हुनुभएको हो । शाहलाई लिन उहाँका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्रै गएका थिए । उनीहरुले खादा र माला लगाएर शाहको स्वागत गरेका छन् । जिल्ला अदालत नवलपुरले उहाँलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि…
Read More
कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

कलाकार पवन खतिवडालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । ‘म्याकुरी’का नाममा चिनिँदै आउनुभएका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरीकाका अनुसार उहाँमाथि थप अनुसन्धान भइरहेको छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कुटपिट घटनापछि दुवैलाई गएराति पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । पक्राउ पर्नुभएका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरी झगडा गरेको आरोप लगाइएको छ । बेलबारीकै एक होटलमा मादक पदार्थ पिएका…
Read More
लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको बिहिवार राति निधन भएको छ । दर्जनौं गीत गाएर चर्चित बन्नुभएका पौडेलको निधन स्याङ्जास्थित घरमै भएको हो । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहनुभएका उहाँको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण दुई महिनादेखि बिरामी भइ उपचार गरिहनुभएका पौडेल त्यसयता घरमै आराम गरिरहनुभएको थियो । पौडेलको पार्थिव शरीरलाई आज शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ । उहाँलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जानेसमेत बताइएको छ । पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । भीम शालीन स्वभावका गायक पौडेलको निधनले समग्र लोकदोहोरी क्षेत्रमै अपूरणीय क्षति पु¥याएको छ ।
Read More
आज माघे संक्रान्ति, सरकारले दियो सार्वजनिक बिदा

आज माघे संक्रान्ति, सरकारले दियो सार्वजनिक बिदा

आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
Read More
१४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु

१४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु भएको छ । उक्त महोत्सवको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले कलात्मक पानसमा दियो बालेर उद्धघाटन गर्नुभएको छ । यसअघि महोत्सवको उद्धघाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने तय भएको थियो । तर, मौसम प्रतिकुलता कारण समयमै जहाज उड्न नसक्दा अर्थमन्त्री पौडेल आउन नपाएको बताइएको छ । महोत्सव अब आउँदो माघ ४ गतेसम्म चल्नेछ । उक्त महोत्सवमा चितवनको धर्म, संस्कृति र पर्यटनको विकासलाई केन्द्रित गरी कार्यक्रम तय गरिएको छ । महोत्सवमा चारसय ५० स्टल रहेका र २५ करोड रुपैयाँ बराबरको कारोबार हुने…
Read More
मगर संस्कृति जोगाउन चितवनमा कौराहा प्रतियोगिता हुँदै

मगर संस्कृति जोगाउन चितवनमा कौराहा प्रतियोगिता हुँदै

नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले आज विहिबार पत्रकार सम्मेलन गरेर यहि पुस २३ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । उक्त प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म छवटा समूहले भाग लिइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुन चाहने समूहको लागि दर्ता शुल्क दुई हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्धितीय…
Read More
ल्होसारमा सांगितिक धमाका, भरतपुरमा तमू विद्यार्थीको भव्य प्रस्तुति

ल्होसारमा सांगितिक धमाका, भरतपुरमा तमू विद्यार्थीको भव्य प्रस्तुति

तमू ल्होसार २०७९ को अवसरमा कलाकारहरूले भरतपुरमा सांगितिक धमाका दिएका छन् । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले आयोजना गरेको ल्होसार पर्वको सांस्कृतिक कार्यक्रमअन्तर्गत चितवनका तमू विद्यार्थीहरूले सांस्कृतिक धमाका पिटेका छन् । विभिन्न खालका गीतमा नृत्य प्रस्तुत गर्दै बाघ वर्ग (तोल्हो)लाई बिदाइ र बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरिएको छ । कार्यक्रममा चितवनबाहेक देवघाट, गैँडाकोटलगायतका क्षेत्रबाट पनि नाचगानका लागि कलाकारहरूको टोली महाबौद्ध गुम्बा परिसरमा भेला भएका थिए । विद्यार्थी तथा विभिन्न आमा समूहले प्रस्तुती दिँदै गर्दा बीचबीचमा विभिन्न गायक गायिकाहरूले कार्यक्रमलाई थप रोचक बनाएका छन् । ख्यातिप्राप्त कलाकारहरू शितल गुरूङ, सविन गुरूङ, तिलक गुरूङ, चिजा तामाङ, निर्जला गुरूङ, सूचना…
Read More
पाँच वर्षपछि नारायणगढमा नेपथ्यको कन्सर्ट ः छ हजार दर्शक आज क्याम्पाचौरमा झुम्ने

पाँच वर्षपछि नारायणगढमा नेपथ्यको कन्सर्ट ः छ हजार दर्शक आज क्याम्पाचौरमा झुम्ने

पाँच वर्षपछि आज आइतबार नारायणगढमा नेपथ्य व्याण्डले ‘लाइभ कन्सर्ट’ गर्ने भएको छ । पाँच वर्षको अन्तरालमा आज नारायणगढको क्याम्पाचौरमा नेपथ्य व्याण्डले लाइभ कन्सर्ट गर्न लागेको हो । यसअघि नेपथ्य व्याण्डले २०७४ साल माघ १ गते नारायणी नदीकिनारमा लाइभ कन्सर्ट गरेको थियो । चितवनमा नेपथ्यको यो आठौँ प्रस्तुति हो । ‘मानवताको लागि साङ्गीतिक यात्रा’ लिएर नेपथ्यका गायक अमृत गुरूङले क्याम्पाचौरमा आज साँझ छ हजारभन्दा बढी दर्शकलाई नचाउने बताइएको छ । । एक दशकदेखि सडकपेटी एवम् सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रम चितवनले नेपथ्य व्याण्डलाई चितवन ल्याएको हो । नेपथ्यले क्याम्पाचौरमा पहिलोपटक प्रस्तुति दिन लागेको हो…
Read More
सौराहामा तिहारको अवसरमा कार्यक्रम हुने

सौराहामा तिहारको अवसरमा कार्यक्रम हुने

सुभ-दिपावलीको अवसर पारेर सौराहामा कार्यक्रम हुने भएको छ। सौराहा गैडा चोकमा रहेको बलेसी रेस्टुरेन्टको आयोजनामा यहि कार्तिक ४ गते कार्यक्रम गर्न लागिएको बलेसी रेस्टुरेन्ट सौराहाका सन्चालक सुजन भट्टले जानकारी दिएका छ्न। दिपावलीमा सौराहमा कुनै साङ्गितिक माहोल नहुदा आन्तरिक तथा बाह्य पर्यटकले नैराश्यता महसुस गरेकाले आफुले यो कार्यक्रम आयोजना गर्न लागेको भट्टले बताएका छ्न। कार्यक्रममा पछिल्लो समय सुगम सङ्गीत र लोकदोहोरीका चर्चित गायक रमेशराज भट्टराई लगायत न्याटिभ ब्याण्डको प्रस्तुति रहने आयोजकले बताएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.