चितवन सेरोफेरो

लायन्स क्लब अफ चितवन राईनो सिटि द्वारा बृक्षारोपण सम्पन्न

लायन्स क्लब अफ चितवन राईनो सिटि द्वारा बृक्षारोपण सम्पन्न

लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरको सयुक्त आयोजनामा वृक्षारोपण कार्य सम्पन्न भएको छ। पूर्वी चितवनको रत्ननगरमा रहेको क्लबले रत्ननगर ९ मा रहेको मिलिजुली सामुदायिक वनको हाता भित्र वृक्षारोपण गरेको कार्यक्रमका सभापति एवं लायन्स क्लब अफ चितवन राइनो सिटिका अध्यक्ष यमन भुसालले जानकारी दिनुभएको छ। वातावरण स्वच्छ भएमात्र मानव जीवन सहज हुने भएकाले आफुहरुले १५० भन्दा बढि विभिन्न जातजातका फलफूलको विरुवा वृक्षारोपण गरेको भुसालले बताउनुभएको छ । कार्यक्रमा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक एडिसनल ट्रेसर लायन कृष्णलाल श्रेष्ठले संरक्षणमा लायन्स सदैव लागिरहने बताउदै लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरले गरेको कार्यको मुक्तकण्ठले…
Read More
बछौलीमा निशुल्क आँखा सिविर ३७ जनामा देखियो मोतियाविन्दु निशुल्क उपचार गरिने

बछौलीमा निशुल्क आँखा सिविर ३७ जनामा देखियो मोतियाविन्दु निशुल्क उपचार गरिने

चितवन । चितवन रत्ननगर नगरपालिका ७ स्थित बछाैलीमा बुधबार आयोजित निशुल्क  आँखा परिक्षण शिविरमा २५० जनाले आँखा परिक्षण गराएका छन् । रत्ननगर ७ मा रहेकाे सौराहा आँखा उपचार केन्द्रमा भएकाे शिविरमा रत्ननगर नगरपालिका वडा नं ५,६ र ७ , ग्रीन सोसाइटी नेपाल, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, ग्रीन सोसाइटी पब्लिक स्कूल, गैडा सामुदायिक पर्यटन सहकारी संस्था लि,सौराहा सामुदायिक पुस्तकालय लगायतका सामाजिक सघसंस्थाको आयोजनामा नेपालका वरिष्ठ एवं ख्याति प्राप्त विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । शिविरमा परिक्षण गराएकामध्य ३७ जनामा मोतियाविन्दु देखिएको र पहिलो चरणमा ३० जनाको  निशुल्क शल्यक्रियाको लागि लगि भरतपुर अाखा अस्पताल लगिएको ग्रीन…
Read More
रोटरी क्लब अफ रत्ननगरको पद हस्तान्तरण

रोटरी क्लब अफ रत्ननगरको पद हस्तान्तरण

रोटरी क्लव अफ रत्ननगरको २४ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ रत्ननगरका वर्ष २०२३/२४ का अध्यक्ष हरिकुमार श्रेष्ठले रोटरी बर्ष २०२४/२५ का अध्यक्ष विरञ्जना घिमिरे सापकोटालाई शनिबार पदभार हस्तान्तरण गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनले नयाँ समितिलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो । पदस्थापन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी शेरचनले नवनिर्वाचित सबै पदाधिकारी सहित सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । रत्ननगरलाई वृक्षरोपण, मानसिक स्वाथ्य तथा रोटरीमा महिला सदस्यको सहभागीतालाई बिशेष रुपमा अघि बढाउन उहाले सुझाव दिनुभएको थियो । कार्यक्रममा बर्ष २०२३/२४ का अध्यक्ष श्रेष्ठले क्लवमा…
Read More
जिल्ला लिग खेल्ने सौराहा युवा समाजका खेलाडीलाई विदाई

जिल्ला लिग खेल्ने सौराहा युवा समाजका खेलाडीलाई विदाई

चितवन जिल्ला लिगको तेस्रो चरणको खेल्न जान लागेका खेलाडीहरुलाई विदाई गरिएको छ। रत्ननगर नगरपालिका वडा नम्बर ६ ले एक कार्यक्रमको आयोजना गर्दै चितवन जिल्ला स्तरीय फुटबल लिग खेल्न जान लागेका सौराहा युवा समाजका खेलाडीहरुलाई आज विदाई गरेको हो । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष किरण महतो, रत्ननगर नगरपालिकाको कार्यपालिका सदस्य एवं रत्ननगर ६ का वडा सदस्य बबिता चौधरी , वडा सदस्यहरु गोपीकृष्ण बिडारि , विरेन्द्र चौधरी , र केसरिमाया सुनारले एक कार्यक्रमका बीच खेलाडीहरुलाई सुभकामना ब्यक्त गर्दै विदाई गरेको सौराहा युवा समाजका अध्यक्ष माईला घलेले जानकारी दिएका छन् ।
Read More
चितवन जिल्ला लिग खेल्न जाने खेलाडीहरुलाई विदाई

चितवन जिल्ला लिग खेल्न जाने खेलाडीहरुलाई विदाई

चितवन जिल्ला लिग खेल्न जान लागेका खेलाडीहरुलाई विदाई गरिएको छ। रत्ननगर नगरपालिकाले आज चितवन जिल्ला स्तरीय फुटबल लिग खेल्न जान लागेका सौराहा युवा समाजका खेलाडीहरुलाई आज विदाई गरेको छ। नगरपालिकामा आयोजित एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका उप प्रमुख यादव प्रसाद पाठक रत्ननगर ६ का वडा अध्यक्ष किरण महत्तो, ७ का व्डा अध्यक्ष सजना महत्तो र ८ का वडा अध्यक्ष कृष्ण चौधरीले खेलाडीहरुलाई सुभकामना ब्यक्त गर्दै विदाई गरेको हो। सौराहा युवा समाजका अध्यक्ष रण बाहादुर घले (माईला) , उपाध्यक्ष प्रदिप श्रेष्ठ खेलप्रेमी एवम चितवन तेक्वान्दो संघका सचिव शैलेश श्रेष्ठको उपस्थितिमा खेलाडीहरुलाई विदाई गरिएको हो। सौराहा युवा समाजले यश अघि सम्पन्न जिल्ला…
Read More
खैरहनी भर डेजिका दुई बिधार्थिले मात्र ल्याए चार जिपिए

खैरहनी भर डेजिका दुई बिधार्थिले मात्र ल्याए चार जिपिए

पुर्वीचितवन खैरहनी नगरपालिका-८ पर्सामा स्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । डेजी स्कुलका ती प्रतिभाशाली विद्यार्थी हुन् आर्यन अधिकारी र सुगम गाैतम खैरहनीबाट सहभागी विद्यालयहरुमध्ये एक मात्रै विद्यालय डेजी स्कुलले ४ जिपिए ल्याएको हो । विद्यार्थीको ४ जिपिएसँगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल प्रेम रिमालले बताउनुभयो । उहाँका अनुसार स्कुलका १७ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन । यसबर्ष डेजी स्कुलका ११४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । खैरहनी नगरपालिकाबाट ६ सामुदायिक विद्यालय र ११ संस्थागत विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए । सामुदायिक विद्यालयहरुबाट ९८ जना एसईई परीक्षामा…
Read More
टि ट्वेन्टी विश्वकपलाई लक्षित गर्दै जय होस विजय होस सार्वजनिक

टि ट्वेन्टी विश्वकपलाई लक्षित गर्दै जय होस विजय होस सार्वजनिक

आउँदो जुन २ तारिकदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा नेपाल पनि सहभागी हुँदैछ । विश्वकपमा नेपालको पनि सहभागिता हुने भएपछि आम नेपालीमा विश्वकप नजिकिएसँगै उत्साह पनि बढ्दै गएको छ । विश्वकपलाई लक्षित गर्दै अहिले धमाधम म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टिमलाई समर्पित गर्दै 'जय होस् विजय होस्' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण प्रसाद न्यौपानेको स्वर तथा संगित रहेको उक्त म्युजिक भिडियो कालो कमिला नामक युट्युबबाट सार्वजनिक गरिएको हो । अनिल कुँवरको शब्द रहेको उक्त गीतलाई दिपक विश्वकर्माले एरेन्ज गरेका हुन् । अडियो ल्याबमा रेकेर्ड गरिएको उक्त गीतको…
Read More
हजारौ विधार्थीको उत्साहप्रदक सहभागितामा राईटपाथको कन्क्लेभ सम्पन्न

हजारौ विधार्थीको उत्साहप्रदक सहभागितामा राईटपाथको कन्क्लेभ सम्पन्न

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा १ हजार ५ सय भन्दा बढी विद्यार्थी र अभिभावकको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरूसहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो । बिहान १० बजेदेखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दासम्म उत्तिकै मात्रामा देखिएको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्वपूर्ण ज्ञान हासिल गरेका छन् । अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि…
Read More
खैरहनीमा ब्यवसायीलाई परेका समस्याका सम्बन्धमा अन्तर्कृया सम्पन्न

खैरहनीमा ब्यवसायीलाई परेका समस्याका सम्बन्धमा अन्तर्कृया सम्पन्न

उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा नगरभित्रका १३वटै वडामा नयाँ व्यवसाय दर्ता गर्दा आवश्यक कागजपत्र, प्रक्रिया र व्यवसायीलाई परेको समस्याको विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले वडावासीलाई व्यवसाय दर्ताका लागि चाहिने आवश्यक कागजपत्र र प्रक्रियाका विषयमा समन्वय गरिने बताए । वडावडामा उद्यमशील व्यवसायी तयार पार्ने उद्देश्यले १३ वटै वडामा पुगेर छलफल तथा अन्तर्क्रिया गरिएको महासचिव विनोद अर्यालले बताए । उनले आगामी दिनमा उद्यमशील प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न उद्योग वाणिज्य संघ खैरहनीले समन्वय गर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले व्यवसायीलाई परेको हरेक समस्यामा उद्योग वाणिज्य…
Read More
चितवनमा राइटपाथको ग्रान्ड एजुकेशन कन्क्लेभ, सहभागिलाई अफरै अफर

चितवनमा राइटपाथको ग्रान्ड एजुकेशन कन्क्लेभ, सहभागिलाई अफरै अफर

रत्ननगर, जेठ ३ । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन गर्दै शुक्रवार (भोलि) हुने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’को सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । राइटपाथले काठमाडौं र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ बिहीवार (आज) हेटौँडा र शुक्रवार (भोली) आफ्नै कार्यालयमा आयोजना गर्दैछ । राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलका अनुसार कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने खैरहनीको पर्सामा रहेको म्याङ्गो हलमा फ्रिमुभी टिकेट र आर्कषक गिफ्ट ह्याम्फरको व्यवस्था छ । यसैगरी यूएस लक्षित २५ हजार सम्मको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.