राजनिती

यसरी मिल्यो सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनको भागबण्डा

यसरी मिल्यो सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनको भागबण्डा

काठमाडौँ, पुस १९ । सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनको भागबण्डा मिलेको छ । सोमबार बसेको गठबन्धन बैठकले भागबण्डा टुंग्याएको हो ।  जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलका अनुसार खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको छ । एमालेको खाली आठ सिटमा भने गठबन्धनबीच भागबण्डा भएको पौडेलले जानकारी दिइन् । जसमा कांग्रेसले तीन सिट, जसपाले दुई सिट, नेकपा माओवादी र नेकपा (एस)ले एक/एक सिट लिने सहमति बनेको उनको भनाइ छ । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पुरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद…
Read More
राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुङ्ग्याउन जुट्यो गठबन्धन

राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुङ्ग्याउन जुट्यो गठबन्धन

काठमाडौँ, पुस १९ । प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा बैठक बसिरहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगकाअनुसार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न पुस २० गतेको समय निर्धारण गरेको छ । यसअघि गठबन्धनको बैठक बसेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहहरू सहभागी छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका रिक्त १९ सदस्यका लागि आगामी माघ…
Read More
पूर्वमन्त्री एवं एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य झा एमाले प्रवेश

पूर्वमन्त्री एवं एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य झा एमाले प्रवेश

काठमाडौँ, पुस १९ । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए । झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।
Read More
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ, पुस १९ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन। यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय जनमोर्चा रहेका छन् ।
Read More
कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज

काठमाडौँ, पुस १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक आज दोस्रो पटक बस्न लागेको हो । सभापति शेरबहादुर देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले महाधिवेशनमा आफूलाई सघाएका नेताहरुलाई मनोनित गरेका छन् । उनले शनिबार १० जना र आइतबार ३ जनालाई मनोनित गरेका हुन् । विधानअनुसार देउवाले अझै २० जना मनोनित गर्न सक्छन् । सभापतिले ३३ जना केन्द्रीय सदस्य समावेशीका आधारमा मनोनित गर्न सक्ने…
Read More
पदाधिकारी चयन गर्न माओवादीको केन्द्रीय समितिको बैठक बस्दै

पदाधिकारी चयन गर्न माओवादीको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, पुस १९ । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ। आजको बैठक नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । पदाधिकारीमा करिब सहमति भइसकेकाले १५ पदाधिकारी आजै चयन हुने नेताहरुले बताएका छन्। आठौं महाधिवेशनको आठौं दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए। जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।
Read More
अध्यक्ष प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव

अध्यक्ष प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव

काठमाडौं, पुस १८ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेकाछन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेकाहुन् । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ । सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । अध्यक्षले गरेको प्रस्तावलाई बन्दशत्रले पारित गर्नुपर्नेछ ।…
Read More
प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ, पुस १८ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित भएको हो ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७र७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो। यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध जारी राख्दै आएको छ ।  
Read More
माओवादीको केन्द्रीय कमिटी छान्न आज निर्वाचन, कुन समूहबाट कति हुँदैछन् निर्वाचित ?

माओवादीको केन्द्रीय कमिटी छान्न आज निर्वाचन, कुन समूहबाट कति हुँदैछन् निर्वाचित ?

काठमाडौं, पुस १८ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार मनोनयन हुनेगरि जारी कार्यतालिका स्थगन भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो । निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ । यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची ३ बजेर ४० मिनेटमा प्रकाशित हुनेछ । निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन पौने ५ बजे हुनेछ । यस्तै साँझ ६ बजेर २५ मिनेट राति १० बजेर २५ मिनेटसम्म मतदान हुनेछ । कुन समूहमा कति निर्वाचित ? माओवादी केन्द्रको…
Read More
प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, पुस १८ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७र७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ । त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने सभामुख अन्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.