
चितवनका चिकित्सक भन्छन्- ‘चिसो मौसममा उच्च रक्तचापको जोखिम’
नारायण अधिकारी, चितवन, पुस १९ । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने यहाँका चिकित्सकले बताएका छन् । जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा.भोजराज अधिकारीले आफूमा रक्तचाप छैन भन्नेहरुमा पनि रक्तचाप बढेको बताए । उनले भने, “चिसो मौसम सुरु भएयता अन्य प्रयोजनले परीक्षणमा आउने बिरामीमा उच्च रक्तचाप धेरैमा देखिन थालेको छ ।” यसअघि कहिल्यै रक्तचाप उच्च नदेखिएका र थाहासमेत नपाएकामासमेत समस्या देखिएको उनको भनाइ छ ।…