मनोरञ्जन

रेडियो अर्पणले बृहत तिज गित कार्यक्रम गर्ने

रेडियो अर्पणले बृहत तिज गित कार्यक्रम गर्ने

रेडियो अर्पणले तीज उत्सव कार्यक्रम गर्ने चितवन, भदौ ११ । पूर्वी चितवनको रत्ननगर– १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेघाहर्जले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा यसवर्ष पनि वृहत तीज उत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियो अर्पणको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्थाको सह आयोजनामा रत्ननगर– १ सौराहाचोकमा “सुकुल गार्डेन मार्ट अर्पण तीज उत्सव २०७९” कार्यक्रम हुने भएकोछ । श्रोताको चाहना र भावना अनुसार अगाडी बढ्दै आएको रेडियो अर्पणले यही भदौ १४ गते मंगलवार पर्न गएको हरितालिका तीजको अवसरमा तीज उत्सव कार्यक्रम आयोजना गर्न लागेको हो । सुचना, संचार र मनोरञ्जनको क्षेत्रमा सधैं अग्रस्थानमा रहन…
Read More
प्रिन्स को नयाँ गित बजारमा

प्रिन्स को नयाँ गित बजारमा

बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । नेपालीहरुको माहान पर्व हरितालिका तीज पर्वलाई लक्षित गर्दै बाल गायक सिलवालको आफ्नै अफिसियल यूटुबच्यानल मार्फत गित सार्वजनिक गरिएको हो । बाध्यताले विदेसिनु परेको बुबा, भड्किलो बन्दै गएको तिजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ । म्यूजिक भिडियोमा गायक प्रिन्स सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबूढी) र आमाको भूमिकामा नर्मता शर्माले अभिनय गरेका छन् । यो गीतमा प्रिन्स सिलवाललाई सन्ध्या बुढा (काउलीबूढी) ले साथ दिएकी छिन् । सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको संगीतलाई अदेश गुरुमछानले एरेन्ज गरेका हुन् । सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका हुन् । गीतलाई…
Read More
इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने

पुस २३ । इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।…
Read More
दक्षिण कोरियाली अभिनेत्री तथा मोडल किमको २९ बर्षको उमेरमा निधन

दक्षिण कोरियाली अभिनेत्री तथा मोडल किमको २९ बर्षको उमेरमा निधन

पुस २३ । दक्षिण कोरियाली अभिनेत्री तथा मोडल किम मि-सूको २९ वर्षको उमेरमा निधन भएको छ । डिज्नी प्लसको सिरिज स्नोड्रप र नेटफ्लिक्सको हेलबण्ड मा अभिनय गरेकी दक्षिण कोरियाली अभिनेत्री किमको २९ वर्षको उमेरमा निधन भएको हो । उनको एजेन्सी ल्यान्डस्केप इन्टरटेनमेन्टले बुधबार जारी गरेको एक विज्ञप्तिमा नयाँ टिभी स्टार र मोडलको मृत्यु भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ- 'हामीले अत्यन्तै हृदयविदारक र दु:खद खबर साझा गर्न लागेको छौं । अभिनेता किमले जनवरी ५ मा अचानक हामीलाई छाडेर गएकी छन् ।' किमको मृत्युको कारण भने दिइएको छैन । उनको परिवारको इच्छा अनुसार अन्तिम संस्कार गोप्य रुपमा गरिने बताइएको…
Read More
रत्ननगर महोत्सवमा को को आउदैछन कलाकार ?

रत्ननगर महोत्सवमा को को आउदैछन कलाकार ?

चितवन, पुस २० ।  रत्ननगर स्थित टिकौलीचौरमा यही पुस २७ देखि माघ ८ गते सम्म आयोजना गरिएको रत्ननगर महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने सो महोत्सवमा एक दर्जन बढी राष्ट्रिय कलाकारहरु प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए । रत्ननगर महोत्सवमा प्रस्तुती रहने कलाकारको नामावाली: १) प्रमोद खरेल २) कमल खत्री ३) रचना रिमाल ४) बद्री पंगेनी ५) राजु परियार ६) प्रिती आले ७) सुबोध गौतम ८) विन्दु परियार ९) मनिषा पोखरेल १०) निशा लामा ११) मेलिना मैनाली १२) दुर्गा सापकोटा १३) पूर्णकला विसी १४) डिपी लोप्चन १५)…
Read More
विनोद लोप्चनको नयाँ गित “भेट” बजारमा (भिडियो सहित )

विनोद लोप्चनको नयाँ गित “भेट” बजारमा (भिडियो सहित )

चितवन, पुस २० । गायक विनोद लोप्चनले आफनो पहिलो गित “भेट” वजारमा ल्याएका छन । चितवनको सौराहामा रहेर गित संगितमा लागिरहेका लोप्चनले पहिलो कोशेली स्वरुप “भेट” स्रोता तथा दर्शक माझ ल्याएका हुन । अर्जुन थापाको शव्द र संगित रहेको उक्त गितमा लोप्चनले आफनो स्वरको जादु भरेका छन । उक्त गितमा सरोज प्रजा र शरिष्मा मगरको अभिनय रहेको छ । सौराहा परिवेशमा छाँयाङ्कन भएको उक्त गितको म्युजिक भिडियोलाई अर्जुन थापाले निर्देशन गरेका छन । https://www.youtube.com/watch?v=DzVVMm6Ee44
Read More
‘प्रेमगीत ३’ को रिलिज फेरि स्थगित

‘प्रेमगीत ३’ को रिलिज फेरि स्थगित

पुस २० । फिल्म ‘प्रेमगीत ३’ को रिलिज मिति फेरि स्थागित भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण फिल्म ‘प्रेमगीत ३’ को रिलिज स्थगित गरिएको हो । निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले सामाजिक संजाल मार्फत फिल्मको रिलिज स्थगित भएको जनाएका छन् । ‘चलचित्र प्रेमी, दर्शक, पत्रकार साथीहरु, चलचित्र संघमा यो खबर गर्दा दुःख महसुस गरेका छौ’ सेनले अगाडि लेखेका छन् ‘१३ फागुन प्रदर्शन मिति तोकेर प्रचार प्रसारका साथ फिल्म दर्शकका लागि पस्कने तयारीमा थियौ । भारतमा फिल्म हल बन्द हुने क्रम बढेकाले त्यहाँका वितरक समुहको सुझावलाई मनन गर्दै रिलिज स्थगित गरिएको छ ।’ नेपाल र भारतको…
Read More
बलिउडमा अभिनयबारे अल्लू भन्छन्– राम्रो कथा हुनुपर्छ

बलिउडमा अभिनयबारे अल्लू भन्छन्– राम्रो कथा हुनुपर्छ

मुम्बई, पुस १९ । हालका दिनमा दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन आफ्नो फिल्म ‘पुष्पा’ कारण चर्चामा छन् । अल्लू र रश्मिका मन्दाना अभिनित यो फिल्मले बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । फिल्मको हिन्दी भर्सनले बक्सअफिसमा सारा रेकर्ड तोडेको छ । हिन्दी भर्सनमा यो फिल्मले चाँडै नै ७५ करोड रुपैयाँको आँकडा पार गर्ने तयारीमा छ । फिल्मले विश्वव्यापी रुपमा हालसम्म ३ सय करोड कमाइसकेको छ । ‘पुष्पा’ हेरेपछि बलिउडमा अल्लूको फ्यान फलोइङ दिनानुदिन बढिरहेको छ । उनको लोकप्रियताका कारण उनलाई बलिउडबाट अफर पनि आउन थालेको छ । तर, अहिले नै बलिउडमा काम गर्न अल्लू तयार छैनन् । उनले एक अन्तर्वार्तामा आफूलाई…
Read More
फेरि सर्यो ‘आरआरआर’ को रिलिज डेट

फेरि सर्यो ‘आरआरआर’ को रिलिज डेट

पुस १८ । निर्देशक एसएस राजामौलीको बहुप्रतीक्षित सिनेमा 'आरआरआर' को रिलिज डेट फेरि सरेको छ। भारतमा कोरोना भाइरस संक्रमित संख्या वृद्धि र नयाँ ओमिक्रोन भेरिएन्टको जोखिमका कारण 'आरआरआर' डेट धकेलिएको हो। दक्षिण भारतीय सिनेमाका सुपरस्टार रामचरण र जुनियर एनटिआरको मुख्य भूमिका भएको तेलूगु भाषाको फिल्म जनवरी ७ मा सिनेमा हलमा प्रदर्शन हुने तयारी थियो। डिभिभी इन्टरटेनमेन्टद्वारा निर्मित आरआरआर प्रदर्शन हुनुभन्दा छ दिनअघि यसको रिलिज डेट सरेको हो। देशभर भव्य प्रचारात्मक गतिविधि गरिएको यो फिल्मको रिलिज डेट सार्ने निर्णय आरआरआर फिल्मको आधिकारिक ट्विटर खातामार्फत् जानकारी गराइएको एनडिटिभी डटकमले जनाएको छ। ट्विटमा लेखिएको छ, 'सबै सम्बन्धित पक्षहरूको हितलाई ध्यानमा राख्दै हामी हाम्रो फिल्म स्थगित…
Read More
प्रेमपत्र बढी आएको चाहन्छिन् कंगना

प्रेमपत्र बढी आएको चाहन्छिन् कंगना

पुस १८ । बलिउड अभिनेत्री कंगना रनावतले सन् २०२२ का लागि आफ्नो चाहना साझा गरेकी छन् । उनले यो वर्ष प्रहरीमा उजुरी र एफआईआर कम तथा प्रेमपत्र बढी चाहिएको खुलाएकी छन् । आफ्ना मनका कुरा नडराई राख्न सक्ने अभिनेत्रीका रुपमा चिनिएकी कंगनाले इन्स्टाग्राममा तिरुपती बालाजीको नजिकै एक मन्दिरमा प्रार्थना गरिरहेको तस्बिर राखेकी छन् । ‘विश्वमा केवल एक राहु केतु मन्दिर छ । यो तिरुपति बालाजीको नजिक छ । यहाँ केही अनुष्ठान गरें । पाँच मौलिक लिंगोमध्इे वायु ९वायु तत्व० लिण्डा पनि छ, यो एक उल्लेखनीय स्थान हो,’ उनले लेखेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘म आफ्नो प्रिय दुश्मनको दयाका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.