प्रदेश २

मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईंदैछ । २०६३ सालमा भएको मधेस आन्दोलनको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ । आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको गोली लागेर ज्यान गएको थियो । त्यसपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।यो दिनलाई स्मरण गर्दै मधेस प्रदेश सरकारले कार्यक्रम गर्दै आएको छ । प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
Read More
साढे २२ लाखरुपैयाँसहित पर्साबाट दुई जना हुण्डी कारोबारी पक्राउ

साढे २२ लाखरुपैयाँसहित पर्साबाट दुई जना हुण्डी कारोबारी पक्राउ

पर्सामा दुई जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको घण्टाघरबाट वीरगञ्ज महानगरपालिका–१६ का ३४ वर्षीय विकास साह र १८ का १९ वर्षीय सुवास साहलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २२ लाख ५० हजार रुपैयाँसहित स्रोत नखुलेको रकम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले त्यो रकम हुण्डी कारोबारमा प्रयोग भइरहेको पनि पुष्टि गरेको छ । यस्तै उनीहरुले प्रयोग गरेको बीआरओ ५ एई ९३४३ नम्बरको स्कुटी र दुई थान मोबाइल पनि बरामद गरिएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
१६ लाख रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय नागरिक पक्राउ

१६ लाख रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय नागरिक पक्राउ

हुण्डी रकमसहित एक जना भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेशकुमार साह रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साहलाई स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार यो रकम हुण्डी कारोबारमा प्रयोग भएको खुलेको छ । साहमाथि शंका लागेर जाँच गर्दा स्कुटरको डिक्कीभित्र लुकाइ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बेला धनुषाको विदेह नगरपालिका–२ दुहवीबाट पक्राउ गरिएको हो । कालो प्लाष्टिकको झोलामा एक हजारको नोट ७ सय ४८ थान, पाँच सयको नोट एक हजार छ सय ४४ थान, एक सयको दुई सय…
Read More
विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा विद्यार्थीको गयो ज्यान, राजमार्ग बन्द

विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा विद्यार्थीको गयो ज्यान, राजमार्ग बन्द

सिरहाको एक विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा एक जना छात्राको ज्यान गएको छ । सिरहाको मिर्चैया नगरपालिका–६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको हिजो शनिवार साँझ कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महराले अस्ति शुक्रवार पेट दुखेपछि औषधि खान पानी मागेपछि शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको मृत्युपछि स्थानीयवासीले आन्दोलन गरेका छन् । शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै आज बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् । स्थानीयवासीले इलाका प्रहरी कार्यालय मिर्चैयामा ढुङ्गामुढा गरेका छन्…
Read More
महोत्तरीबाट लागुऔषध सहित चार जना पक्राउ

महोत्तरीबाट लागुऔषध सहित चार जना पक्राउ

जलेश्वर, पुस १७ । प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । गएराति करीब ८ बजे भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका–४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.