राजनिती

राप्रपाले गर्यो १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

राप्रपाले गर्यो १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसदहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई सिफारिस गरेर पठाएको हो । राप्रपाले अर्थ समितिमा ज्ञानबहादुर शाही र दीपक सिंहलाई समावेश गर्न अनुरोध गरेको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ । यस्तै उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गीता बस्नेत, कानून न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपालीको नाम सिफारिस गरिएको छ । यसैगरी महिला तथा…
Read More
बारामा आउँदो बिहिवार गठबन्धनको चुनावी सभा हुने

बारामा आउँदो बिहिवार गठबन्धनको चुनावी सभा हुने

यही वैशाख ७ गते बिहिवार बारामा पाँचदलीय गठबन्धनको चुनावी सभा हुने भएको छ । बारा क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनलक्षित सभा आयोजना गरिएको हो । बारा–२ अन्तर्गत महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा गरिनेछ । सभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उमेदवार हुनुहुन्छ । उहाँलाई जिताउने उद्देश्यले सो दिन सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले…
Read More
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख तीन दलबीच सहमति

प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज सोमबार बसेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । उक्त तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । उहाँले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति…
Read More
रास्वपाका सभापति लामिछानेका चालक छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता  ढकालका चालक पक्राउ

रास्वपाका सभापति लामिछानेका चालक छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता ढकालका चालक पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक छतबाट घटेको घटनामा अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई नियन्त्रणमा लिएको हो । भरतपुर–११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षका थापा राति घरको छतबाट खसेका थिए । थापासँगै सुतेका प्रवक्ता ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । पुरानो मेडिकल कलेजमा उपचाररत थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Read More
तत्काल प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने बारको चेतावनी

तत्काल प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने बारको चेतावनी

तत्काल प्रधानन्यायाधीश र न्यायाधीहरूको नियुक्ति नगरे आन्दोलन गर्ने नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ । आज बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालतमा पनि रिक्तता देखिएको र जिल्लामा समेत ५० न्यायाधीश खाली रहेको भन्दै तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो । अब न्यायालय न्यायाधीश नभएर न्यायनिरूपण नै गर्न नसक्ने अवस्थामा रहिरहन नसक्ने बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताउनुभयो । उहाँले भन्नभयो– “हामीले सरकारलाई अल्टिमेटम दिएका छौँ । नियुक्ति भएन भने केही समयभित्रै बार आन्दोलनमा उत्रिन्छ ।” उहाँले बार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको मूलमर्मलाई आत्मसात् गर्दै निरन्तर क्रियाशील रहेको…
Read More
जनमत पार्टीका सांसद खानलाई निलम्बनको माग गर्दै जनमत पार्टीको कार्यालयमा धर्ना

जनमत पार्टीका सांसद खानलाई निलम्बनको माग गर्दै जनमत पार्टीको कार्यालयमा धर्ना

पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानले अश्लिल हर्कत गरेको भन्दै राष्ट्रिय एकता अभियानले उहाँलाई निलम्बनको माग गर्दै केन्द्रिय कार्यालयमा भर्ना दिएको छ । सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । तर खानले भने त्यो भिडियो देखाएर आफूसँग भारतीय गिरोहले रकम माग गरेको र रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको बताउनुभएको छ । उहाँले भिडियोमा देखिएको गतिविधि आफूले नगरेको दावी पनि गर्नुभएको छ । अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उहाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो ।
Read More
रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुईकरोड रुपैयाँ घुस मागेको अडियो बाहिरियो,पार्टीले छानबिन गर्ने

रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुईकरोड रुपैयाँ घुस मागेको अडियो बाहिरियो,पार्टीले छानबिन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो । कुराकानीमा सांसद श्रेष्ठले भन्नुभएको छ, ‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि, साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’ सांसद श्रेष्ठले मन्त्री बनेबापत पार्टीले पैसा मागेको उल्लेख गरे पनि कसले मागेको भनेर खुलाउनुभएको छैन । व्यवसायी प्रसाईंले यो पैसा पार्टी सभापति रवि लामिछानेलाई जान्छ कि जाँदैन भनेर सोध्दा सांसद ढाकाकुमार…
Read More
चितवन क्षेत्र नम्बर २ का २९  निर्वाचन स्थल अति संवेदनशिल

चितवन क्षेत्र नम्बर २ का २९ निर्वाचन स्थल अति संवेदनशिल

अब आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उहाँको भनाइ छ । “सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्”, उहाँले भन्नुभयो–“राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।” निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने…
Read More
राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गर्नुभएको छ । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आज आइतबार प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो । खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुनुहुन्छ । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसक्नुभएको छ । राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी पौडेल, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गर्नुभएको छ ।
Read More
उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

अब आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ । सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न÷गराउन पनि निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको हिजोको बैठकले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । बैठकले बारा क्षेत्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.