रत्ननगरमा दुई हजार २७८ मतदाता थपिए
चितवन, पुस १९ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा दुई हजार २७८ जना नयाँ मतदाता थपिएका छन् । सो नगरपालिकामा पुस ४ गते देखि १८ गते सम्म फोटो सहितको मतदाता नामाबली संकलन गरिएको थियो । पुरुष १ हजार १८५ र महिला १ हजार १०२ गरी दुई हजार २७८ जना नयाँ मतदाता थपिएको नगरपालिकाकी प्रशासन शाखा अधिकृत उर्मिला दाहालले जानकारी दिइन । चितवनका सातवटा पालिकामा १८ हजार बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कार्तिक मसान्त सम्म चितवनमा तीन लाख ७८ हजार ७२१ मतदाता संख्या रहेको थियो ।