रेडियो अर्पण

797 Posts

पूर्व प्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश गर्दै

    काठमाडौं, असोज ५-अनुप पौडेल  पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र  खनाल एमाले  प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन्। ओली निकट स्रोतले दिएको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए। बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।
Read More

एकै वर्षमा १६ हजार बढी भ्रष्टाचारका उजुरीअख्तियारमा

काठमाडौं,असोज ६-अनुप पौडेल  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी संघीय मामिलाअन्तर्गत स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै छन् । स्थानीय तहमा हुने भ्रष्टाचारसम्बन्धी ३१.१ प्रतिशत उजुरी रहेको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीय तहपछि शिक्षासँग जोडिएका भ्रष्टाचार मुद्दा उजुरी १५.३ प्रतिशत छन् । यससम्बन्धी विस्तृत विवरण समेटिएको आयोगको ३२औं प्रतिवेदन बुधबार प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छन् । त्यस्तै, भूमि प्रशासनसँग सम्बन्धित ७.७ प्रतिशत, वन तथा वातावरणको ४.६ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या ३.९ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ३.८ प्रतिशत,…
Read More
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ५–अनुप पौडेल  आज मुलुकका लुम्बिनी र सुदूरपश्चिमका केही भेगमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुनेछ । राति प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।
Read More

चितवनमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

        चितवन, असोज ४-  अनुप पौडेल   पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका– १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा  ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो ।…
Read More
१ करोड लागतमा पिठुवामा सुबिधा समपन्न सभाहल बन्दै

१ करोड लागतमा पिठुवामा सुबिधा समपन्न सभाहल बन्दै

चितवन । रत्ननगर १६ पिठुवामा सुविधा समपन्न सभाहल निर्माण हुने भएको छ । बुधबार रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र उप मेयर यादव प्रसाद पाठकले उक्त भवनको शिलान्यास गर्नु भयो । न्यू पिठुवा स्पोर्ट्स क्लबसंग सहकार्य गरी सभाहल निर्माण प्रक्रिया सुरु गरिएको होे । साविक पिठुवा गाविस अतार्थ वडा नं १४, १५ र १६ मा एउटा राम्रो सभाहल बनाउन माग भए बमोजिम सभाहल निर्माण गर्न थालिएको मेयर सापकोटाले जानकारी दिए । उक्त हल निर्माणसँगै खेलकुद तथा सभा सम्मेलन गर्न अन्यत्र जानु नपर्ने हुन्छ । कार्यक्रममा उपमेयर यादबप्रसाद पाठकले पिठुवा क्षेत्रमा सभाहलको आवश्यकता महसुुस गरी निर्माण गर्न लागिएको बताए । नगरपालिको…
Read More
पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति रोकिन पर्छ : उप मेयर पाठक

पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति रोकिन पर्छ : उप मेयर पाठक

रत्ननगर नगरपालिकाका उप प्रमुख यादवप्रसाद पाठकले व्यवस्था परिवर्तन भए पनि विधि परिवर्तन हुन नसकेको बताएका छन्। नगरपालिकामा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले ऐन, कानुनको सन्दर्भमा हालै आएको भूउपयोग नीति २०७९ व्यावहारिक नभएको र यो कुनै हालतमा लागू हुन नसक्ने जिकिर गरे । उनले प्रधानमन्त्री कृषि परियोजना एकद्वार नीतिमार्फत ल्याउनुपर्नेमा जोड दिए । उनले पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति खारेज हुनुपर्ने बताए । पाठकले पहुचका आधारमा बजेट हाल्ने अनि योजना अलपत्र छाड्ने त्यसको अनुगमन गर्ने निकाय पनि नहुने हुदाँ जनताले सास्थि पाएको भन्दै स्थानीय सरकारले अनुगमन गर्न सक्ने कानुन बनाउन समेत आग्रह गरेका थिए । संघीयता कार्यान्वयनमा आइसकेपछि पनि…
Read More

राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक पारित

 "अनुप पौडेल "  काठमाडाैं, भदाै १७ : नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ। राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको विधेयक भदाै २ गते प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो। राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो। अब यो विधेयक फेरि प्रतिनिधिसभामा जान्छ। राष्ट्रिय सभाले विधेयक पारित गरेको संदेश प्रतिनिधिसभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिकाे मा पुग्छ। राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेकाे राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रस्तुतरूपमा पुनः बहुमतले पारित गरेको हो विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.