Admin

126 Posts
चितवनको कालिकामा रहेका चार मन्दिरमा चोरी

चितवनको कालिकामा रहेका चार मन्दिरमा चोरी

संजय दुवाडी चितवन, पुस १८ । पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो । दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब रु १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए । उनका अनुसार पाँच÷सात जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको…
Read More
पौष कृष्ण औँसी: तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

पौष कृष्ण औँसी: तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

काठमाडौं, पुस १८ । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा आज श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले राससलाई जानकारी दिए । सौरमास अनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले…
Read More
यी ५ उपाय, जसले बिना कुनै साइड इफेक्ट घटाउँछ पेट

यी ५ उपाय, जसले बिना कुनै साइड इफेक्ट घटाउँछ पेट

महिला र पुरुष दुवैलाई तौल बढेर समस्या आइरहेको हुन्छ । पेट उक्सिँदा सौन्दर्यमा पनि नकारात्मक असर पर्छ र गतिला कपडा लगाउन पनि पाइँदैन । यहाँ हामी पेट घटाउने पाँचवटा उपायको चर्चा गर्दैछौं । यिनमा कुनै साइड इफेक्ट छैनन् । दिनको तीनपटक भोजन एकैपटकमा थुप्रो खानुभन्दा अलिअलि गर्दै थोरै थोरै खाइरहेको राम्रो हुन्छ । यसले मेटाबोलिजमलाई सही राख्छ र तौल घटाउन सहयोग गर्छ । अलि अलि खाँदा ऊर्जा पनि कायम रहन्छ र बोसो पनि डढ्छ । बाहिरको खाना बन्द तौल घटाउनुछ भने घरबाहिरको पत्रु खाना खान छोड्नुस् । जंक फूडले तौल बढाउने मात्र नभई अनेकथरी रोग पनि निम्त्याउँछ । तातो पानी…
Read More
वाट्फोर्डविरुद्ध टोटेनहमको कठिन जित

वाट्फोर्डविरुद्ध टोटेनहमको कठिन जित

पुस १८ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत वाट्फोर्डविरुद्ध टोटेनहमले १–० को कठिन जित निकालेको छ । गएराति वाट्फोर्डको मैदानमा भएको खेलमा टोटेनहमको जितमा डेभिनसन सान्चेजको गोल नै निर्णायक सावित भयो । उनले खेलको इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेका थिए । यो जितसँगै १८ खेलमा ३३ अंक जोडेको अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।वाट्फोर्ड १४ अंकका साथ १७ औं स्थानमा रहेको छ ।  
Read More
माओवादीको केन्द्रीय कमिटी छान्न आज निर्वाचन, कुन समूहबाट कति हुँदैछन् निर्वाचित ?

माओवादीको केन्द्रीय कमिटी छान्न आज निर्वाचन, कुन समूहबाट कति हुँदैछन् निर्वाचित ?

काठमाडौं, पुस १८ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार मनोनयन हुनेगरि जारी कार्यतालिका स्थगन भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो । निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ । यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची ३ बजेर ४० मिनेटमा प्रकाशित हुनेछ । निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन पौने ५ बजे हुनेछ । यस्तै साँझ ६ बजेर २५ मिनेट राति १० बजेर २५ मिनेटसम्म मतदान हुनेछ । कुन समूहमा कति निर्वाचित ? माओवादी केन्द्रको…
Read More
भारतमा फेरि बढ्यो कोरोना संक्रमण

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

पुस १८ । भारतमा कोरोना संक्रमण दर बढेको छ । पछिल्लो साता यूरोपमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला छिमेकी मुलुक भारतमा पनि त्यसको प्रभाव देखिएको छ । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २६ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा कोरोनामुक्त हुनेको संख्या भने ८ हजार ९४९ रहेको छ । पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । त्यहाँ दैनिक थपिने र निको हुनेको संख्या एक साताअघिसम्म दश हजारभन्दा तल झरिसकेको थियो । अहिले त्यो संख्या ह्वात्तै बढेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ३३ हजारभन्दा माथि पुगेको छ ।  
Read More
प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, पुस १८ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७र७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ । त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने सभामुख अन्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ ।  
Read More
डोटीका विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

डोटीका विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

डोटी, पुस १८ । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन् । उनले भनिन्, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो ।” प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ । हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य…
Read More
डलरलगायत केही देशको मुद्राको भाउ आज स्थिर

डलरलगायत केही देशको मुद्राको भाउ आज स्थिर

पुस १८ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर, युरो र पाउण्डलगायतका देशको मुद्राको भाउ शनिबारको आधारमा स्थिर रहेको छ । अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३५ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३५ पैसा र बिक्रीदर १६१ रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले…
Read More
आज २०७८ साल पुस १८ गते आइतबारको राशिफल

आज २०७८ साल पुस १८ गते आइतबारको राशिफल

आज २०७८ पुस १८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.