Admin

126 Posts
आइफोनमा छन् यी गज्जबका फिचर, तपाईंलाई थाहा छ ?

आइफोनमा छन् यी गज्जबका फिचर, तपाईंलाई थाहा छ ?

काठमाडौं । आइओएस भनिने अपरेटिङ सिस्टमले आइफोनलाई कुनै एन्ड्रोइड फोनभन्दा नितान्त अलग बनाएको छ । डिजिटल सुरक्षाको दृष्टिले अब्बल मानिने एप्पलको आइफोनमा धेरै यस्ता फिचरहरु पनि छन् जसका बारेमा आम साधारण प्रयोगकर्तालाई थाहा नहुन सक्छ । त्यस्तै केही फिचरहरु थाहा पाउनुहोस् । iPhone Secret बटन  नयाँ आइफोनमा कुनै बटन हुँदैनन् । तर पनि यी फोनमा एउटा गोप्य बटन लगाइएको हुन्छ । त्यो बटन अन्त कतै होइन आइफोनको पछाडिपट्टि रहेको एप्पलको लोगोमै हुन्छ । एप्पलको लोगोमा ट्याप गरेर तपाईंले आफ्नो आइफोनमा स्क्रिनसट लिन सक्नुहुन्छ । यतिमात्र होइन त्यहीँ बटनबाट तपाईंले गीत बजाउनदेखि घरको स्मार्ट लाइट खोल्न तथा बन्द गर्न सक्नुहुन्छ । आइफोनको…
Read More
आर्थिक अवस्था कमजोर हुँदा नागरिकहरू रोग पालेरै बस्न बाध्य ।।

आर्थिक अवस्था कमजोर हुँदा नागरिकहरू रोग पालेरै बस्न बाध्य ।।

नेपालको संविधानले स्वास्थ्यको हकलाइ मौलिक हक अन्तर्गत राखेको भए पनि आर्थिक अवस्था कमजोर हुदाँ नागरिकहरू रोग पालेरै बस्न बाध्य भएका छन् । देशमा तीन तहको सरकार भए पनि विपन्न नागरिकलाई उपचार गर्नै सकस छ । विशेषगरि जटिल रोग लागेका र दुर्घटनामा परेर घाइते भएकाहरू दीर्घ रोग खप्न बाध्य भइरहेका छन् । माण्डवी गाउँपालिका २ मर्कावाङ प्यूठानका ६५ वर्षका मोतिकला सार्कीले आर्थिक अवस्था कमजोर हुँदा ५ वर्षदेखि ओछ्यानमै थला परेको बताउनुभयो । सोहि स्थानका रेकम घर्ति मगरले दुर्घटनामा परेर घाइते भएको शरिरको उपचार गर्न रकमको अभाव भएको बताउनुभयो । नाजुक आर्थिक अवस्थाका कारण समयमै उपचार नपाएर रोग पालेर बस्ने तथा अकालमा…
Read More
बसाइँसराइँलाई रोक्न धनकुटाको एउटा स्थानीय तहले अनुदानमा लैनो गाई दिँदै

बसाइँसराइँलाई रोक्न धनकुटाको एउटा स्थानीय तहले अनुदानमा लैनो गाई दिँदै

धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट बसाई सरेर आउनेलाई अनुदानमा लैनो गाई उपलब्ध गराउन थालेको छ । बसाइँ सरेर स्थायी बसोबास गर्न आउने हरेकले प्रोत्साहन स्वरुप उपहारको रुपमा एउटा दुहुनो गाई पाइरहेका छन् । तेह्रथुमको छथरगाउँपालिका सुदापबाट छथरजोरपाटी गाउँपालिकाको जोरपाटीमा बसाइ सरेर आउँदा लैनो गाई उपहार पाएको स्थानीयवासी बिमला बस्नेतले जानकारी दिनुभयो । उपहारमा दुहुँना गाई पाएपछि बस्नेतले अरु गाई थपेर पशुपालनमै व्यावसायिक बन्ने योजना बनाउनुभएको छ । हालसम्म धनकुटाको छथरजोरपाटी गाउँपालिका भित्रिएका ३५ परिवारलाई उपहारमा दुहुँना गाई वितरण गरिएको गाउँपालिकाका पशु विकास शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । आफै गाई खरिद गर्न चाहनेलाई गाउँपालिकाले अधिकतम ६१ हजार रूपैयाँ नगद दिने…
Read More
महसुल तिर्न विद्युत प्राधिकरणको ताकेता, स्थानीय तहको आनाकानी

महसुल तिर्न विद्युत प्राधिकरणको ताकेता, स्थानीय तहको आनाकानी

स्थानीय सरकार सञ्चालन ऐेन २०७४ अनुसार सडकबत्ती स्थानीय तहको जिम्मेवारी भित्र पर्ने भए पनि महसुल भुक्तानी गर्न भने आनाकानी गरिरहेका छन् । सडक बत्तिका लागि उपभोक्तासँग शुल्कसमेत उठाउन सकिने अधिकार स्थानीय तहलाई भए पनि विगत सात वर्षदेखि स्थानीय सरकारले सडक बत्ती अन्तरगतको महसुल भुक्तानी गरेका छैनन् । विद्युत प्राधिकरणका अनुसार सडक बत्ति प्रयोग गरे वापत स्थानीय सरकारले महसुल नतिर्दा पाँच अर्ब ६० करोड रुपैयाँभन्दा बढी शुल्क उठ्न बाँकी छ । विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अर्थ प्रमुख टोमलाल सुवेदीले स्थानीय सरकारले विद्युत महसुल बुझाउन आनाकानी गर्दा विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ अनुसार लाईन काट्ने तयारी गरेको जानकारी दिनुभयो…
Read More
नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढ्यो

नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढ्यो

गएका १५ वर्षको तुलना गर्दा नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका अनुसार अहिले नेपालभर हात्तीको सङ्ख्या ४ सय हाराहारी पुगेको हो । १५ वर्षअघि भने हात्तीको सङ्ख्या १ सय ५० मात्रै रहेको थियो । विभागका अनुसार नेपालमा १ सय ७६ घरपालुवा हात्ती छन् । ती हात्ती राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको विभागले जनाएको छ । ९९ वटा हात्ती सरकारी तबरबाट र ७७ हात्ती निजी रुपमा पालिएका छन् । यस्तै गत २० वर्षमा नेपालमा ३९ वटा हात्तीको मृत्यु भएको छ । जसमध्ये ३४ वटा हात्तीको विद्युतीय झट्काका कारण मृत्यु भएको हो भने…
Read More
समुन्द्री यी ५ जीव जो मानिसभन्दा बढी बाँच्छन्

समुन्द्री यी ५ जीव जो मानिसभन्दा बढी बाँच्छन्

वैज्ञानिकको अध्ययनअनुसार मानिसको सर्वाधिक आयू अधिकतम १५० वर्षभन्दा बढी हुँदैन । यतिमात्र होइन, वैज्ञानिकको अध्ययनमा विश्वमा सबैभन्दा बढी बाँच्ने जनावर समुन्द्रका रहेको पाइएको छ । जसअनुसार केही जीवको आयू सयौं वर्ष हुने पाइएको छ । बोहेड व्हेल (बालाएना मिस्टिकेटस) सबैभन्दा बढी बाँच्ने स्तनधारी हो । नेशनल ओशनिक एण्ड एटमस्फेरिक एडमिनिस्ट्रेशनका अनुसार व्हेलको सटीक जीवनकाल पत्ता लगाउन गाह्रो हुन्छ । तर समुन्द्रमा पाइएको केही प्रमाण अनुसार बोहेड व्हेल १ सय वर्षसम्म औसत बाँच्ने र २ सय वर्षभन्दा बढीसम्म बाँच्ने पाइएको छ । वाशिन्गटन डिपार्टमेन्ट अफ फिस एण्ड वाइल्डलाइफका अनुसार रफआई रकफिश (Sebastes aleutianus) सबैभन्दा लामो जीवत माछामध्ये एक हो । यसको…
Read More
वीर्यबारे रोचक ७ जानकारी

वीर्यबारे रोचक ७ जानकारी

वीर्य एक जैविक तरल पदार्थ हो । जो महिलाको योनिमा छाडियो भने र डिम्बसंग निषेचित भए गर्भ रहन्छ । वीर्य बारे धेरैलाई थाहा नभएका केही कुरा चर्चा गरौं । – एक पुरुषको आधा वीर्यमात्र सिधा लाइनमा तैरिने गर्दछ । तैरनुको अर्थ सक्रियतासँग सम्बन्धित छ । केही वीर्य सर्कलको चारैतिर तैरिने गर्दछ वा वीर्यको प्रवाहसँग अलग हुन्छ । – औसत वीर्य नमूना ३० लाख हुन्छ, जो एक चम्चाको दुई तिहाई हुन्छ । – सामान्य रुपमा एक पुरुषले एक सेकेन्डमा १५ सय ‘स्पर्म सेल’ पैदा गर्ने गर्दछ । – यदि एकपटकको स्खलनमा जीवनको सम्पूर्ण वीर्य निकालियो भने यो मिलाउँदा ९ किलोमिटर लामो…
Read More
इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने

पुस २३ । इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।…
Read More
माओवादी केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

माओवादी केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, पुस २३ । नेकपा माओवादी केन्द्रले पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । माओवादी केन्द्रका केही नेताहरुमा कोभिड संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए । ‘केही नेताहरुमा कोभिड संक्रमण देखियो, कार्यालयका कर्मचारीहरुमा पनि कोभिड देखियो, यी दुवै कारणले गर्दा २५ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ’, सचिव ढकालले भने, ‘अरु कारण केही छैन ।’ माओवादीको पुस १८ गते सकिएको राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । सोही कमिटीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन…
Read More
राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारकाे नाम आज सार्वजनिक हुने

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारकाे नाम आज सार्वजनिक हुने

काठमाडौं, पुस २३ । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज (शुक्रबार) सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिए। राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । निर्वाचनमा १९ रिक्त पदका लागि विभिन्न राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पौडेलका अनुसार भोलिसम्म उम्मेदवारले नाम फिर्ता गर्न पाउनेछन् । आयोगले पुस २५ गते अन्तिम नामावली प्रकाशन गर्नेछ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.