जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु
काठमाडौँ । राष्ट्रिय सेवा दलले यही असार १ गतेबाट जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । दुई चरणमा सञ्चालन हुने उक्त तालिम अन्तरगत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यो तालिममा देशभरका २ सय २१ वटा विद्यालयहरूमा अध्ययनरत ६ हजार ६ सय ३० छात्रछात्राहरू सहभागी भएका छन् । ३६ वटा विद्यालयहरूमा अध्ययनरत १ हजार ८० जना छात्रछात्राहरू समावेश गरी सिनियर डिभिजन तालिम २०८३ साल भादौ महिनाबाट सञ्चालन गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । तालिममा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व…