लायन्स क्लब अफ चितवन राईनो सिटि द्वारा बृक्षारोपण सम्पन्न

लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरको सयुक्त आयोजनामा वृक्षारोपण कार्य सम्पन्न भएको छ।

पूर्वी चितवनको रत्ननगरमा रहेको क्लबले रत्ननगर ९ मा रहेको मिलिजुली सामुदायिक वनको हाता भित्र वृक्षारोपण गरेको कार्यक्रमका सभापति एवं लायन्स क्लब अफ चितवन राइनो सिटिका अध्यक्ष यमन भुसालले जानकारी दिनुभएको छ। वातावरण स्वच्छ भएमात्र मानव जीवन सहज हुने भएकाले आफुहरुले १५० भन्दा बढि विभिन्न जातजातका फलफूलको विरुवा वृक्षारोपण गरेको भुसालले बताउनुभएको छ ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक एडिसनल ट्रेसर लायन कृष्णलाल श्रेष्ठले संरक्षणमा लायन्स सदैव लागिरहने बताउदै लायन्स क्लब अफ चितवन राइनो सिटि र लियो क्लब अफ रत्ननगरले गरेको कार्यको मुक्तकण्ठले प्रसंसा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मिलिजुली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष मेघनाथ पौडेलले लायन्स क्लब र लियो क्लबले वृक्षारोपणका लागि मिलिजुली सामुदायिक वनलाई छनौट गरेकोमा धन्यवाद व्यक्त गर्दै आफुहरुले सो बिरुवा हुर्काउने अभिभारा लिएको बताउनुभएको छ ।

कार्यक्रममा क्लस्टर चिफ लायन भिम नेपाल , लायन्स क्लब अफ चितवन राईनो सिटीका आई पी पी लायन हरि अधिकारी, लायन्स क्लब अफ चितवन राईनो सिटीका तृतीय उपाध्यक्ष लायन पदमनारायण पौडेल, लायन्स क्लब अफ चितवन राईनो सिटीका सचिव, अरुण सिवाकोटी,लायन्स क्लब अफ चितवन राईनो सिटीका सदस्य सुजन खनाल,लियो क्लब अफ रत्ननगरका अध्यक्ष सन्दर्भ खनाल लगायतको उपस्थिति रहेको थियो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.